सप्तकोशी नदीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

 साउन २९, २०८० सोमबार ७:५१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ ।

सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेपछि ५६ वटै ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ४ बजे नदीमा पानीको बहाव ४ लाख ६२ हजार क्युसेक पुगेको थियो । अहिले भने पानीको बहाव बिस्तारै घट्न थालेको छ ।

अघि बिहान सात बजेको मापनअनुसार ४ लाख ४० हजार क्युसेकमा झरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो । सप्तकोशीमा १ लाख ५० हजार क्युसेक पानी नाघेपछि खतराको सङ्केत मानिन्छ।

‘अहिले धेरै जोखिम छैन, हामी स्थलगत अवलोकनमै बिहानैदेखि खटिएका छौँ । सम्भावित जोखिम कम गर्न उच्च अलर्ट बस्न आग्रह गरेका छौँ’ उहाँले भन्नुभयो । कोशी ब्यारेजमा अहिले आवतजावत बन्द गरिएको छ । त्यस आसपासका क्षेत्रमा  सावधानी अपनाउनु आग्रह गरिएको छ । 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया