कास्की केन्द्रविन्दु ४.३ म्याग्निच्युडको भूकम्प
फागुन २७, २०८१ मंगलबार
काठमाडौं – काठमाडौंका विभिन्न ठाउँमा एक हप्ता धारामा पानी नआउने भएको छ ।
काठमाडौंको कुलेश्वर, कालिमाटी, सोल्टीमोड, वाफल, ताहाचल, टेकु, सस्बहाल, सुविधानगर, गैरीगाउँ, शान्तिनगर, श्रीनगर, आलोकनगर, शंखमुल रोड, कुरियागाउँ, बुद्धनगर, थापागाउँ, सी.डी.ओ. टोल, विनायकनगर, हनुमानस्थान लगायतका ठाउँमा एक हप्ता पानी नआउने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ ।
केयूकेएलका अनुसार बानेश्वर शाखा अन्तर्गत भक्तपुर बोडे खानीपानी प्रणालीबाट आएको मुख्य पाइपमा बानेश्वरमा पुल निर्माण गर्ने क्रममा क्षति भएकाले मर्मतको लागि कम्तीमा एक हप्ता लाग्नेछ । यो हप्ता बानेश्वर शाखा, मध्यपुर थिमी शाखा र त्रिपुरेश्वर शाखा अन्तर्गतका केही क्षेत्रमा पानी नआउने भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।