'रनवे' मा पुगेको एअर इन्डियाको पाङ्ग्रा लक, तानेर पार्किङमा ल्याएपछि अरू उडान शुरु

 साउन ३०, २०८० मंगलबार १७:२९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको 'रनवे' मा पुगेको एअर इन्डियाको जहाजको पाङ्ग्रा लक भएको छ । रनवेमा पुगेको जहाजको पाङ्ग्रा लक भएपछि केहीबेर अरू उडान र अवतरण बन्द भएका थिए ।

जहाजलाई मेशिनले तानेर पार्किङमा पुर्‍याएपछि अहिले अरू उडान सञ्चलन भएका छन् । काठमाण्डाैबाट दिल्ली जान लागेकाे जहाज रनवेमै हुँदा राजविराजबाट आएको बुद्ध एअरको जहाजले आकाशमै १० फन्का लगाएको थियो भने कतार एअरवेजको जहाजलगायत अरू केही जहाज आकाशमै 'होल्ड' भएका थिए ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया