नेपाल र पाकिस्तानबीचको सम्बन्ध विशेष : पाकिस्तानी राजदूत जावेद

 कात्तिक १४, २०७५ बुधबार १५:५०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले नेपालले कठिन समयमा पनि आफ्नो मुलुकलाई साथ दिँदै आएको बताउनु भएको छ । 

बुधबार काठमाडौंमा आयोजित ‘जम्मु–कश्मीर विवाद र मानव अधिकार उल्लंघनका घटनामा वृद्धि’ विषयक प्रवचन कार्यक्रममा बोल्दै राजदूत जावेदले नेपालले कठिन समयमा साथ दिँदै आएको बताउनु भएको हो । त्यस अवसरमा उहाँले दुई मुलुकबीचको सम्बन्ध सरकारी स्तरमा मात्र नभई जनस्तरमा पनि सुदृढ रहेको विश्वास पनि व्यक्त गर्नुभयो ।

राजदूत जावेदले नेपाल–पाकिस्तानबीच एक अर्काको आन्तरिक मामलामा अहस्तपेक्षको नीति रहेको पनि स्मरण गराउनुभयो । उहाँले जम्मु–कश्मीर समस्या समाधानका लागि संयुक्त राष्ट्र संघको प्रस्ताव अनुसार जनमत संग्रहमा जानुपर्ने आफ्नो राष्ट्रको अडान रहेको पनि स्पष्ट पार्नुभयो ।

जम्मु–कश्मीरको स्वामित्वको विषयलाई लिएर पाकिस्तान र भारतबीच लडाई हुँदा हजारौंले ज्यान गुमाउनु परेको छ । त्यही विषयलाई लिएर पाकिस्तान–भारतबीचको सम्बन्ध पनि तनावपूर्ण रहँदै आएको छ ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया