सिरियाको दोस्रो ठूलो शहर अलेप्पोका धेरैजसो क्षेत्र विद्रोही लड...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - देशभर ९२ प्रतिशत रोपाइँ भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । गएको वर्षको तुलनामा यस वर्ष ३ प्रतिशत कम धान रोपाइँ भएको हो । तर, अन्नको भण्डार मानिने मधेस प्रदेशमा अघिल्लो वर्षको तुलनामा यसवर्ष रोपाइँ ११ प्रतिशतले कम छ ।
कृषि मन्त्रालयका सहप्रवक्ता तपेन्द्रबहादुर बोहराका अनुसार प्रदेशगत रुपमा कोशीमा ९७ प्रतिशत, मधेसमा ८२ प्रतिशत, बाग्मतीमा ९३ प्रतिशत, गण्डकीमा ९४ प्रतिशत, लुम्बिनीमा ९५ प्रतिशत, कर्णाली र सुदूरपश्चिममा सबैभन्दा धेरै ९९ प्रतिशत रोपाइँ भएको छ ।
गएको वर्ष साउन सकिँदा देशभर ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो । यस वर्ष मनसुनले साथ नदिएको र लम्पी स्किन रोगका कारण गोरु सङ्क्रमित हुँदा रोपाइँको काम प्रभावित भयो । धेरै धान उत्पादन हुने मधेस प्रदेशमा नै यसपालि सबैभन्दा कम प्रतिशत रोपाइँ भएको छ ।
गएको वर्ष मधेसमा साउन सकिँदा झण्डै ९३ प्रतिशतसम्म रोपाइँ भएको थियो । अझै केही दिन रोपाइँ गर्न सकिने तर अब रोपिएको धानबाट उत्पादन कम हुने विज्ञले बताएका छन् । यसपालि धानको उत्पादन घट्ने अनुमान छ । नेपालले गर्दै आएको धान/चामलको आयात थप बढ्नेछ ।
धानबाली विज्ञ सुशील सुवेदी तराई मधेसका बाँझो रहेका जग्गामा अबका केही दिन रोपाइँ हुन सक्ने तर असार–साउनमा रोपेको धानले दिने जति उत्पादन नदिने बताउनुहुन्छ । बुढो भएको बिउबाट त्यति धेरै फल नलाग्ने उहाँको भनाइ छ । जग्गा बाँझो राख्नुभन्दा बिउको जोहो गर्न सके धान रोप्न र धानबाली नभए अरु दलहन, कोदोजन्य बाली तथा तरकारी खेती गर्न उहाँको सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।