उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आईपुगेका भारतीय क्रिकेटर स्टार शिखर धवनले स्थानीय खेलाडीसँग खेल्न र उत्कृष्ट प्रदर्शन गर्न तयार भएको बताएका छन् । उनलाई हिजो बेलुका कर्णाली याक्समा मालिक झनक दत्त खनाल र सह–मालिक गृहेन्द्र घिमिरलेले विमानस्थल पुगेर स्वागत गरेका थिए ।
धवनले नेपाल आएर आफूलाई धेरै नै खुशी लागेको र नेपालमा क्रिकेट खेल्न उत्साहित रहेको बताएका छन् । उनले भने, ‘नेपाल आएर निकै खुशी भएको छु । मलाई कर्णाली याक्सले निकै राम्रो स्वागत गरेको छ । कर्णाली याक्सबाट एनपिएल खेल्न उत्साहित छु, यहाँ आफ्नो अनुभव साट्नेछु । स्थानीय खेलाडीसँग खेल्ने र उत्कृष्ट प्रदर्शन गर्न तयार छु । नेपाली खेलाडीबारे जानकारी पनि लिन्छु ।’
३८ वर्षीय बायाँहाते ओपनर धिवनले भारतको राष्ट्रिय टोलीसँगै आइपीएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद र पञ्जाब किंंग्सबाट खेलेका छन् । उनी विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडीका रूपमा चिनिन्छन् । धवनले सन् २०१६ मा हैदरावादलाई आईपीएल जिताएका थिए उनी एनपीएल खेल्ने सबैभन्दा ठूलो र चर्चित नाम हुन् ।
धवनले नेपालमा रहँदा पशुपतिनाथ मन्दिर दर्शन गर्ने तथा सगरमाथा अवलोकनको प्रयास गर्ने जानकारी गराए । उनले आफूजस्ता खेलाडीबाट नेपालका नयाँ खेलाडीले अनुभव साट्ने बताएका छन् । ‘अनुभवी खेलाडी आएर नेपालमा खेल्नु नयाँ पुस्ता खेलाडीको लागि सुखद् रहेको छ । त्यसले फरक वातावरण बन्नेछ र नयाँ खेलाडीको मनोबल बढाउने छ ।’
उनले सन्यास लगत्तै नेपाल आएर खेल्न मौका मिलेको कारण जानकारी गराए । ‘सन्नयास नलिँदा सम्म बाहिर खेल्न अनुमति हुँदैन । मैले अहिलेसम्म नेपाल देखेको थिइन, हामीसँग नेपालका धेरै मान्छे छन् । भाषा पनि मिल्छ त्यसैले मौका मिलेसँगै नेपाल आएको हुँ ।’
ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार जना विदेशी खेलाडी अनुबन्ध गरेको छ । धवनसँगै वेस्टइन्डिजबाट टेस्ट खेलिसकेका चाडविक वाल्टन, हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात र ओमानका पूर्वकप्तान जिसन मक्सुद कर्णाली याक्समा छन् ।
टोलीमा नेपाली राष्ट्रिय टोलीबाट खेलिरहेका सोमपालसँगै गुल्सन झा, देव खनालसहित नन्दन यादव छन् । ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन् । ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मा आइकोनिक प्लेयर्सका रूपमा छनोट भएका छन् ।
यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । युथ एम्बेस्डरमा सिसन बानियाँ छन्।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।