प्रदेश लोक सेवा आयोग गठन गर्न ढिलाई गरेकोमा लोक सेवा आयोगको असन्तुष्टि

 कात्तिक १४, २०७५ बुधबार १८:२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – लोक सेवा आयोगले प्रदेश लोक सेवा आयोग गठन गर्न ढिलाई गरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएको छ । 

लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले प्रदेश लोक सेवा आयोग गठनका लागि आवश्यक कानुनसमेत निर्माण नगरेको भन्दै सरकारप्रति  असन्तुष्टि व्यक्त गर्नु भएको हो । बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले प्रदेश लोक सेवा आयोगको गठनमा ढिलाई हुँदा प्रदेशमा कर्मचारी नियुक्ति प्रक्रिया अवरुद्ध हुन पुगेको पनि स्पष्ट पार्नुभयो । अध्यक्ष मैनालीले प्रदेश लोक सेवा आयोगलाई व्यवस्थित बनाउन आवश्यक आधार र मापदण्ड तय गरिएको पनि जानकारी दिनु भयो ।

आयोगका अध्यक्ष मैनालीले योग्यतम कर्मचारी छनौट गर्ने आफ्नो दायित्वलाई आयोगले सफलतापूर्वक पूरा गरिरहेको दावी पनि गर्नु भयो ।
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया