कञ्चनपुरमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गयो

 भदौ १३, २०८० बुधबार १३:२३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कञ्चनपुरको बेलौरी नगरपालिकाका ७२ वर्षीय जनकलाल चौधरीको करेन्ट लागेर उपचारका क्रममा ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीका बुवा जनकलालको मङ्गलवार साँझ घरमा नुहाउने क्रममा करेन्ट लागेर घाइते भइ धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले चौधरीको शव बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षण गरी आफन्तको जिम्मा लगाइएको छ ।

त्यसैगरी कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने हुलाकी सडकमा मोटरसाइकल अनियन्त्रित भइ एक युवकको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

हुलाकी सडक खण्डको बेल्डाँडी गाउँपालिका–१ आनन्द टोलमा स्थानीय राधाकृष्ण टोलका २५ वर्षीय सुनिल सार्कीले चलाएको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो ।

प्रहरी प्रवक्ता डाँगीले मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका सार्कीको उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ज्यान गएको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया