सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रका रूपमा विकास गरिने

 मंसिर १४, २०८१ शुक्रबार १५:१८:१ | रासस
unn.prixa.net

काठमाण्डाै – सरकारले काठमाण्डाैको शङ्खरापुर नगरपालिकाकाे साँखुमा रहेको सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रका रूपमा विकास गर्ने भएको छ ।

अस्पतालका संस्थापक देशीय निर्देशक हाइन स्टालको बिदाइ तथा नयाँ देशीय निर्देशक अल्बर्ट बेन्जिनको स्वागत गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पताललाई जलन अस्पतालका रूपमा विकास गरिन लागेको जानकारी दिनुभएको हो ।

सरकारले भर्खरै देशभरका आठ वटा अस्पताललाई जलन उपचार गर्न सकिने अस्पतालका रूपमा घोषणा गरेको र त्यसमा सुस्मा कोइराला अस्पताललाई समेत थप गर्ने उहाँले बताउनुभयो । यस्तै शङ्खरापुर नगरपालिकाका मेयर रमेश नापितले सबैभन्दा पुरानो जलन अस्पतालका रूपमा सुष्मा कोइराला मेमोरियल अस्पताल रहेको उल्लेख गर्दै जलनका बिरामी उपचारका लागि बाहिर जानुपर्ने अवस्था नरहेको बताउनुभयो ।

जलनको उपचारका लागि नेपालकै पहिलो अस्पतालका रूपमा २०५४ सालमा सुस्मा कोइराला मेमोरियल अस्पतालको स्थापना भएको थियो ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया