रवि लामिछानेकाे आजकाे बयान सकियाे

 मंसिर १४, २०८१ शुक्रबार १७:२८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डाैले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग चार घन्टा बयान लिएको छ ।

कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसँग बियान लिएको हो । अब आइतवार थप बयान लिने कार्यालयले जनाएको छ ।

लामिछानेसँग जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसन्धान अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडा र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले बयान लिनुभएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई प्रहरीले हिजो काठमाण्डौ ल्याएको हो । रास्वपा सभापति लामिछानेलाई सहकारी ठगी र सङ्गठित अपराध कसूरमा प्रहरीले गएको कात्तिक २ गते पक्राउ गरेको थियो ।

बयान चलिरहँदा रास्वपाका नेता कार्यकर्ताले लामिछानेकाे बचाउमा सरकारी वकिल कार्यालय नजिकै माइतीघरमा प्रदर्शन गरेका छन् ।

अन्तिम अपडेट: मंसिर २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया