माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको शेयर सर्वसाधारणका लागि खुल्ला

 कात्तिक १५, २०७५ बिहीबार १२:६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको शेयर सर्वसाधारणका लागि खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि सय रुपैयाँ दरका एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर निस्काशन गरेको हो । 

आईपीओमा ५० कित्तादेखि एक हजार कित्तासम्म गर्न सकिने कम्पनीले जनाएको छ । आईपीओमा आउँदो सोमबारसम्म आवेदन दिन सकिने विक्रि प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ । धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट देशैभरिबाट शेयरमा आवेदन गर्न सकिनेछ भने मेरो शेयरका प्रयोगकर्ताले अनलाईबाटै आवेदन दिन सक्नेछन् । 

४ सय ५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको आयोजना तामाकोशी दोलखाको लामाबगरमा निर्माण भइरहेको जलविद्युत आयोजना हो । स्वेदेशी लगानीमै बनिरहेको आयोजना निर्माणको समय लम्बिदा लागत भने ३५ अर्बबाट बढेर ७० अर्बको हाराहारी पुग्ने अनुमान गरिएको छ ।

यही पुसदेखि उत्पादन सुरु गर्ने लक्ष राखिए पनि आयोजनाबाट अर्को वर्षको कात्तिकदेखि मात्र व्यवसायिक विजुली उत्पादन सुरु हुने भएको छ । 
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया