काठमाण्डौका विभिन्न ठाउँमा दुई महिनाका लागि निषेधाज्ञा
फागुन २७, २०८१ मंगलबार
भक्तपुर – पाठेघरको मुखको क्यान्सरसम्बन्धी तीनदिने अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी बिहीबारबाट सुरु भएको छ ।
स्वास्थ्य मन्त्रालयका सचिव डा. सुशीलनाथ प्याकुरेलले सम्मेलनको उद्घाटन गर्दै क्यान्सर रोग जटिल प्रकृतिको रोग भएकाले यसको सहज र सरल उपचारका लागि सरकारले सहुलियत प्रदान गरिरहेको भए पनि त्यसलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
क्यान्सर रोगको सहज उपचारका लागि नयाँ उपचार पद्धतिको समेत विकास भएको बताउँदै उहाँले क्यान्सरविरुद्धको खोप सुरु गर्न लागेको बताउनुभयो । उहाँले नेपालमा महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा आएको बताउनुभयो ।
स्वास्थ्य मन्त्रालय, नेपाल अर्बुद रोग निवारण संस्था, भक्तपुर क्यान्सर अस्पताल र अमेरिकन सोसाइटी अफ् क्लिनिकल अन्कोलोजीको संयुक्त आयोजनामा सुरु भएको गोष्ठीमा क्यान्सर विशेषज्ञहरुले नेपालका विभिन्न अस्पतालका करिब २५० चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई पाठेघर मुखको क्यान्सरसम्बन्धी प्रशिक्षण गराउने भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा.ऋषिकेश नारायण श्रेष्ठले बताउनुभयो ।
गोष्ठीमा अमेरिकाका ५, भारतका ५, चीनका ३ र नेपालका २६ जना गरी ३९ जना सिनियर क्यान्सर विशेषज्ञहरुले प्रशिक्षण एवं क्यान्सरको अवस्था, चुनौती र समाधानबारे जानकारी गराउने उहाँले जानकारी दिनुभयो ।
पाठेघर मुखको क्यान्सर हुन नदिनका लागि सचेतना आवश्यक पर्ने भएकाले तीनदिने सम्मेलनमा स्वास्थ्यकर्मीलाई सहज उपचारका बारेमा प्रशिक्षणसमेत गराइने उहाँले बताउनुभयो ।
कार्तिक १७ गतेसम्म सञ्चालन हुने तीन दिने गोष्ठीमा नेपालमा महिलाहरुमा हुने पाठेघर मुखको क्यान्सरको न्यूनिकरण र उपचार पद्धतिका बारेमा सैद्धान्तिक एवं प्रयोगात्मक प्रशिक्षण समेत दिइने अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।