काठमाण्डौका विभिन्न ठाउँमा दुई महिनाका लागि निषेधाज्ञा
फागुन २७, २०८१ मंगलबार
काठमाडौं – सरकारले होङ्सी शिवम् सिमेण्ट उद्योगसँग गरेको सम्झौता उत्पादन सुरु भइसक्दा पनि पूरा गर्न सकेको छैन ।
वैदेशिक लगानी भित्र्याउने ठूलो महत्वकांक्षा सरकारले बोकेको भए पनि लगानी सम्झौता भई उत्पादन नै सुरु गरिसकेको नवलपरासीको सर्दीखोलामा रहेको होङ्सी शिवम् सिमेण्ट उद्योगसँगको भौतिक संरचना निर्माणसम्बन्धी सम्झौता अझै पूरा गरेको छैन ।
नेपालमा संचालन भएका सिमेण्ट उद्योगमध्ये यो उद्योग सबै भन्दा ठूलो लगानीको र स्वचालित रुपमा सिमेण्ट उत्पादन गर्ने उद्योग हो । यहाँ सिमेण्ट उत्पादनका सम्पूर्ण प्रक्रिया पूर्ण प्रविधि प्रणालीबाट गरिन्छ । वैदेशिक लगानी स्वीकृत गर्दाको समयमा सरकारले यो उद्योगसंगको विद्युत् प्रशारण लाईन २४ महिना भित्र बनाइदिने र मुख्य राजमार्गदेखि उद्योग र उद्योगदेखि खानीसम्मको बाटो पिच गर्ने सहमति गरेको थियो ।
तर यी दुवै काम अहिलेसम्म हुन सकेका छैनन । विद्युत् प्रशारण लाइन नबन्दा उत्पादन लागत बढेको कम्पनीको गुनासो छ । सक्दो छिटो सरकारले विद्युत् प्रशारण लाइन र बाटोको काम सम्पन्न गरेमा उत्पादन लागत कम हुने कम्पनीको भनाई छ ।
सरकारले मुख्य राजमार्गदेखि कम्पनी सम्मको १२ किलोमिटर र खानीसम्म पुग्ने २८ किलोमिटर सडक पीच गरिदिने सहमति गरेको थियो । पूर्वपश्चिम राजमार्गको नवलपरासीको दुम्कीबासदेखि उद्योगसम्म १२ किलोमिटर र उद्योग देखि २८ किलोमिटरको दूरीमा पाल्पाको भुकेटमा चुनखानी रहेको छ ।
खानी भएको स्थानको मगर बस्तीलाई उद्योगले सर्दीबगैचा नजिक वेनी त्रिवेणी गाउँपालिकाको वडा नम्बर ४ मा सारेको छ । उद्योगले त्यहाँ रहेका २६ परिवारलाई त्यही स्थानमा घर घडेरीसहित समान क्षेत्रफलको जग्गा उपलब्ध गराएको हो । उद्योगले सबै परिवारलाई प्रतिपरिवार ४ कोठे पक्की ढलान घर उपलब्ध गराएको छ । उद्योगको व्यवस्थापनबाट विस्थापितहरु सन्तुष्ट देखिन्छन् ।
३६ अर्बको लगानीमा निर्माण गरिएको यस उद्योगले धुँवा धुलो कम गर्दै हरियाली वातावरण निर्माणका लागि मात्रै ठूलो बजेट खर्च गरेको छ । ७६ हेक्टर क्षेत्रफलमा फैलिएको यो उद्योगले प्रविधिबाट नै प्रदुषण कम गरिरहेको छ । कम्पनीका अनुसार वातावरण बिग्रन नदिन ग्रीन बजेट शीर्षकमा ३ अर्ब रुपैयाँ प्रविधिका लागि मात्रै खर्च गरिएको छ । उद्योगले सिमेण्ट उत्पादन हुँदा उत्पन्न हुने धुलोबाट बिजुली उत्पादन गरेको छ । उद्योगमा चिनियाँ कम्पनी होङ्सी होल्डिङले ७० र नेपालको शिवम् सिमेन्टले ३० प्रतिशत लगानी रहेको छ ।
उद्योगले अहिले दैनिक ६ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ । पूर्ण क्षमतामा उत्पादन सुरु गर्ने हो भने दैनिक १२ हजार मेट्रिक टन सिमेण्ट उत्पादन हुने उद्योगले जनाएको छ । धुँवा धुलो रहित अत्याधुनिक प्रविधियुक्त ठूलो लगानीको यस कम्पनीसँगको भौतिक पूर्वाधार निर्माणसम्बन्धी सम्झौता समयमै पूरा हुन नसक्नुले थप वैदेशिक लगानीलाई निरुत्साहित गर्ने देखिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।