काठमाण्डौका विभिन्न ठाउँमा दुई महिनाका लागि निषेधाज्ञा
फागुन २७, २०८१ मंगलबार
ललितपुर – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चाडपर्वको अवसरमा शुक्रबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
चियापानमा सहभागीहरु कांग्रेसका शीर्ष नेताहरुसँग हात मिलाउने अवसरसँगै चिया र खाजाको स्वाद पनि लिएका छन् । खाजामा समोसा, नमकिन, जेरी र चियाको व्यवस्था गरिएको छ । खाजाको प्रबन्ध बसुन्धरामा रहेको दियालो फुडल्याण्डले गरेको हो । चिया र खाजा गरी एकभागको एकसय रुपैयाँ परेको फुडल्याण्डले जनाएको छ ।
यसअघि गएको शनिबार नेकपाले गरेको चियापानमा एकभाग बराबर एकसय ५० रुपैयाँ परेको थियो । नेकपाको चियापानमा लड्डु र केरासमेत समावेश थियो ।कांग्रेसको जलपानमा आउनेहरुको संख्या धेरै भएकाले केन्द्रीय कार्यालय, सानेपाको हलमा पाक्दै गरेको तात्तातो समोसा नै सहभागीहरुको हातहातमा दिइएको थियो । त्यतिमात्रै होइन, मानिसहरुको घुइँचो लागेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा आफै ‘हामी सबै आयोजक, जे छ त्यही लिऔँ है’ भन्दै लाइनमै पुगेर सहभागीहरुलाई स्वागत गरिरहनुभएको थियो ।
पछिल्लो समय पार्टीहरुले चियापानका नाममा नचाहिँदो खर्च गरेको भनेर आलोचना हुने गरेको छ । नेकपाले आफ्नो चियापानमा ५० हजारलाई निम्ता पठाएको थियो भने कांग्रेसले झण्डै एक लाखलाई जलपानको निम्तो पठाएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।