काठमाण्डौका विभिन्न ठाउँमा दुई महिनाका लागि निषेधाज्ञा
फागुन २७, २०८१ मंगलबार
डोटी – नेपाल पर्यटन बोर्डले खप्तड क्षेत्रको विकासका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
पर्यटन बोर्डको बैठकले खप्तड क्षेत्रको विकासका लागि ५ करोड रुपैयाँ छुट्याएको पर्यटन बोर्डका सदस्य कृष्णबहादुर महराले बताउनुभयो । उहाँले दिनु भएको जानकारी अनुसार पर्यटकहरुको सुविधाका लागि डोटीको धिग्रानामा रहेको बीचपानीमा २० जनाका लागि र खप्तड मुख्यालयमा १ सय जना अट्ने भवन तथा खाना खानका लागि भान्सा घर निर्माण गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बीचपानी र खप्तड मुख्यालयमा बास बस्ने तथा खाना खाने व्यवस्था नभएका कारण पर्यटकहरुले सास्ती खेप्नु परिरहेकोले बास बस्ने घर र भान्सा घर निर्माण गर्न लागिएको हो ।’
पर्यटन बोर्डका सदस्य महराका अनुसार स्थानीय काठबाट भवन निर्माण गरिनेछ । भवनको छानो भने टिनको रहनेछ । गएको वर्ष २० हजार आन्तरिक पर्यटकले भ्रमण गरेको खप्तडमा गासबासको उचित व्यवस्था भए आउँदो वर्ष ५० हजारभन्दा बढीले भ्रमण गर्ने पर्यटन बोर्डका सदस्य महराको दाबी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।