अमेरिकाले भन्याे– ‘क्यानडामा भएको सिख नेता हत्या प्रकरणमा भारतलाई विशेष छुट हुँदैन’

 असोज ५, २०८० शुक्रबार १४:५७:२९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकाले क्यानडामा खालिस्तान पक्षधर सिख नेता हरदीप सिंह निज्जरको हत्याको विषयमा भारतलाई कुनै विशेष छुट नदिने बताएको छ । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभनले यस विषयमा अमेरिका सरकार भारत र क्यानडा दुवै देशका उच्च अधिकारीसँग सम्पर्कमा रहेको भन्दै भारतलाई छुट नहुने बताउनुभएको बीबीसीले बताएको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारतीय गुप्तचरको संलग्नता रहेको कुरा संसदमा बताएपछि दुई देशबीच तनाव बढेको छ ।

अमेरिका भारतसँगको सम्बन्धलाई बलियो बनाउने प्रयासमा छ । तर निज्जरको हत्याका सन्दर्भमा पत्रकारसँग कुरा गर्दै सलिभनले अमेरिका जुनसुकै देश प्रभावित भए पनि आफ्नो सिद्धान्तको पक्षमा अडिग रहने बताउनुभयो । इरान, साउदी अरब र भियतनामपछि अब भारतसँग पनि त्यस्तै परिस्थिति उत्पन्न भएको उहाँले सङ्केत गर्नुभएको बीबीसीले जनाएको छ ।

भारत सरकारले शुरुदेखि नै क्यानडाले लगाएको आरोपलाई अस्वीकार गर्दै आएको छ । उसले क्यानडाले खालिस्तान समर्थकहरूलाई आश्रय दिएको आरोप लगाएको छ । निज्जर हत्या प्रकरणले भारत र क्यानडाबीचको सम्बन्ध अहिलेसम्मकै नराम्रो अवस्थामा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया