डाक्टर सडकमा, बिरामी बिचल्लीमा !

 असोज १२, २०८० शुक्रबार ७:५५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - डाक्टरहरुको आन्दोलनका कारण उपचारका लागि अस्पताल पुगेका बिरामी थप मर्कामा परेका छन् । अस्पतालमा आकस्मिक उपचार सेवा समेत पाउन नसकेको बिरामी र आफन्तको गुनासो छ ।

काठमाण्डौका  ठूला अस्पताल त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटनलगायत देशभरीका धेरैजसो सरकारी अस्पतालमा सेवा प्रभावित छ । डाक्टर र अरु स्वास्थ्यकर्मीले आकस्मिकबाहेकको स्वास्थ्य सेवा बन्द गरेको भने पनि आकस्मिक सेवा समेत प्रभावित भएको छ ।

स्वास्थ्यकर्मी धर्ना तथा जुलुसमा सहभागी भएका कारण बिरामीले उपचार पाउन सकेका छैनन् । आन्दोलनकै कारण अस्पतालका अरु सेवा पनि प्रभावित भएका छन् । सुरक्षित कार्यस्थलको माग राखेर डाक्टर र स्वास्थ्यकर्मीहरुले चार दिनदेखि आन्दोलन गर्दै आएका छन् ।

डाक्टर तथा स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्थामा सुरक्षित काम गर्ने वातावरण नभएको र मनोबल नै खस्किएको सुरक्षित कार्यस्थल सङ्घर्ष समितिका सदस्य डा. दिक्षान्त आचार्यले बताउनुभयो । गृह मन्त्रालयले अस्ति बुधवार स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएको थियो । तर डाक्टर र स्वास्थ्यकर्मीहरुले अझै सुरक्षित रुपमा काम गर्ने वातावरण नभएको बताएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगले डाक्टर र स्वास्थ्यकर्मीमाथि आक्रमण र कुटपिटका घटना बन्द गर्न र अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन आग्रह गरेको छ । विभिन्न अस्पतालमा कार्यरत डाक्टरमाथि भएका आक्रमण, दुर्व्यवहार तथा स्वास्थ्य संस्थामा भएको तोडफोडलाई लिएर डाक्टरहरु आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गरी आन्दोलनमा उत्रिँदा नागरिकको स्वास्थ्य उपचारमा असर पुगेको आयोगले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया