विश्व म्याराथन मञ्चमा नेपालको प्रभावशाली दाबेदारी
मंसिर १, २०८१ शनिबार
काठमाण्डौ – घरेलु टोली अस्ट्रेलिया र पाकिस्तानबीचको दोस्रो टी–२० खेल आज हुँदैछ । खेल सिड्नीमा नेपाली समयअनुसार दिउँसो पौने २ बजे शुरू हुनेछ ।
तीन खेलेको शृङ्खलामा अस्ट्रेलियाले १–० को अग्रता बनाएको छ । बिहीवार वर्षाले प्रभावित खेलमा अस्ट्रेलिया २९ रनले विजयी भएको थियो । शृङ्खला जोगाइराख्न आज पाकिस्तानलाई जित्नुपर्ने दबाब छ ।
तेस्रो तथा अन्तिम खेल पर्सि सोमवार हुनेछ । टी–२० शृङ्खलाअघि भएको तीन खेलको एकदिवसीय शृङ्खला पाकिस्तानले २–१ ले जितेको थियो ।
पाकिस्तानले २२ वर्षपछि अस्ट्रेलियामा एकदिवसीय शृङ्खला जितेको हो । पाकिस्तानले सन् २००२ अस्ट्रेलियामा घरेलु टोलीसँगको एकदिवसीय शृङ्खला जितेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।