इजरायलले लेबनानको बेरुतमा आक्रमण गर्दा ५९ जनाको ज्यान गयो

 मंसिर १, २०८१ शनिबार १८:३०:५८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायली सेनाले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरमा आज पुनः आक्रमण गर्दा ५९ जनाको ज्यान गएको छ । एक सय ८२ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । इजरायली सेनाले निकासी आदेश जारी गरेको केही समय पछि नै आक्रमण भएको हो ।

आक्रमणको केही समयअघि, इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल एक्सको पोष्टमा त्यो ठाउँ खाली गर्न आह्वान गर्नुभएको थियो । इजरायलले हिजबुल्लाहको गढ रहेको सहरको दक्षिणी उपनगरहरूमा गएको मङ्गलवारदेखि निरन्तर आक्रमण गरिरहेको एएफपीको खबरमा उल्लेख छ ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले तीनवटा हवाई आक्रमण गरेको र हारेट ह्रीक नजिकै भएको आक्रमणले त्यस क्षेत्रका भवनहरू ध्वस्त पारेको जनाएको छ । पछिल्लो समय दक्षिण बारम्बारको इजरायली हवाई आक्रमणले बेरुतबाट मानिसहरु विस्थापित भइरहेका छन् ।

यसैगरी हिजबुल्लाहले पनि उत्तरी इजरायलमा सेनाको मुख्यालयलाई लक्षित गरी दुईवटा रकेट आक्रमण गरेको दाबी गरेको छ । गत सेप्टेम्बर–२३ देखि, इजरायलले लेबनानमा हवाई आक्रमण बढाएको छ भने हिजबुल्लाहले स्थलगत सेना तैथान गरेको छ । गएको वर्षको अक्टोबरमा हिजबुल्लाह र इजरायलबीच आक्रमण शुरु भएदेखि तीन हजार चार सय ४० जनाभन्दा बढी मानिसहरूको ज्यान गएको बीबीसीले जनाएको छ ।  

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया