काठमाण्डौका विभिन्न ठाउँमा दुई महिनाका लागि निषेधाज्ञा
फागुन २७, २०८१ मंगलबार
काठमाडौं – नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष हुमनाथ कोइरालाले मौजुदा नियमअनुसार नेपाल राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्शनले नै पाउनुपर्ने दाबी गर्नुभएको छ ।
शनिबार एक कार्यक्रममा बोल्दै उहाँले सार्वजनिक खरिद ऐन नियमावलीअनुसार प्राविधिक र आर्थिक प्रस्तावमा छनौट भएको पप्पुको फाइल अब अल्झाएर राख्न नहुने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, ‘पप्पु एक्लैले प्रस्ताव हालेको होइन, उसले चिनियाँ कम्पनी मुख्य साझेदार राखेर प्रस्ताव हालेको हो । तर अहिले पप्पुको नाम अगाडि आएको छ । सार्वजनिक खरिद ऐन र मौजुदा नियमानुसार पप्पुको प्रस्ताव स्विकृत भैसकेको छ । अब उसले नै ठेक्का पाउनुपर्छ । नेपाल राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पप्पुलाई दिनुको विकल्प छैन् ।’
उहाँले अगाडि भन्नुभयो, ‘राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पप्पुले नै पाउनुपर्छ । कुनै नियम र कानुनले अब उसलाई रोक्दैन् । पप्पु कालोसूचीमा परेको कम्पनी होइन । कालोसूचीमा परेको भए त उ ठेक्का प्रक्रियामा सहभागी नै हुन पाउँदैन थियो ।’
राष्ट्र बैंकको भवन निर्माणको यो ठेक्कामा पप्पुले २ अर्ब ६ करोड रुपैयाँ प्रस्ताव हालेको छ भने अच्युत खरेलको समानान्तरले २ अर्ब ८ करोड रुपैयाँको हालेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
अरुण कर्ण
Nov. 3, 2018, 4:58 p.m.छौन छैन बिकल्प छँदैछैन निरीह सरकार संग ।पप्पुले समयमा काम सम्पन्न नगरेका योजना प्रमुखहरूलाई कार्यवाही गर्नु पर्छ पहिले ।कालो सुचिमा राख्ने कार्यवाही किन चलाएनन् ।