काठमाण्डौका विभिन्न ठाउँमा दुई महिनाका लागि निषेधाज्ञा
फागुन २७, २०८१ मंगलबार
काठमाडौं – सम्मानजनक महिनावारीका विषयमा भएको छोटा चलचित्रको प्रतियोगिताको उपाधि ‘फष्ट ब्लड’ ले जितेको छ ।
डेनमार्कको गैह्रसरकारी संस्था डीसीए नेपालले आयोजना गरेको प्रतियोगिताका प्रतिस्पर्धी आठ फिल्मलाई उछिन्दै ‘फष्ट ब्लड’ पहिलो भएको हो । आर आर श्री स्कुल अफ टेक्नोलोजीले निर्माण गरेको एनिमेटेड चलचित्र फष्ट ब्लडले उपाधिसहित ५० हजार रुपैयाँ पुरस्कार पायो ।
डीसीए नेपालका देशीय निर्देशक डेभिड वालेस स्मिथले यस्ता सामाजिक विषय उठानका लागि गरिएको यो महत्वपूर्ण प्रयास भएको बताउनुभयो । उहाँले आउँदा दिनमा पनि यस्ता महत्वपूर्ण विषयलाई डीसीए नेपालले महत्वका साथ उठाइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
डीसीए नेपालले गएको वर्षदेखि विभिन्न सामाजिक विषयमा छोटो चलचित्र प्रतियोगिता गर्दै आएको छ । प्रतियोगितामा रेवती गुरुङ्गले निर्देशन गरेको ‘राजवती’ दोश्रो, आश्मा गौतमले निर्देशन गरेको ‘शिखा मैनबत्तीको (रिइम्याजिन्ड) ले तेश्रो पुरस्कार हात पारे ।
मधु खड्काले निर्देशन गरेको ‘ब्रेकिङ द स्टिग्मा’ले अडियन्स अवार्ड जित्यो । विजेताले क्रमशे ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाए । पुरस्कार विजेताहरुले यस्ता विषय उठाउन प्रोत्साहन गरेको बताएका छन् ।
निर्देशक दीपक रौनियार, लेखक राधा पौडेल र पानी तथा सरसफाईका विज्ञ गुणराज श्रेष्ठ रहेको जुरीले विजेता छनोट गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।