नेपाल र युरोपेली देश रोमानियाबीच श्रम सम्झौता, छिट्टै दूतावासको स्थापना गर्ने

 असोज १९, २०८० शुक्रबार १७:१८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल र युरोपेली देश रोमानियाबीच श्रम सम्झौता भएको छ ।

आज शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी र मकक्षी सिमोना वुक्युरा–अप्रेस्क्युबीच श्रम सम्झौतामा हस्ताक्षर भएको श्रम मन्त्रालयले जानकारी दिएको छ ।

श्रम सम्झौता हस्ताक्षर समारोहमा श्रम मन्त्री भण्डारीले नेपाली श्रमिकसँग सरोकारका विषयहरू र द्विपक्षीय श्रम समझदारीका आवश्यकता र प्रभावका बारेमा आफ्नो धारण राख्नुभयो भने रोमानियाले नेपाली श्रमिकको हक, हित र सुरक्षा कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उलेख्य सङ्ख्यामा नेपाली श्रमिकको माग रहेको र पारदर्शी रूपमा कामदारको छनौट तथा छोटो अवधिमा कामदार ल्याने प्रक्रियामा समन्वय र सहकार्य गर्ने बताएको छ ।

युरोपेली देश रोमानियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको झण्डै ५५ वर्ष भइसकेको छ । नेपाली श्रमिकहरूका लागि रोमानिया आकर्षित र सुरक्षित श्रम गन्तव्यको रूपमा रहेको छ । 

रोमानियाले छिट्टै नेपालमा दूतावास स्थापना गरी रोजगारीको प्रक्रियालाई सहजीकरण गर्ने बताएको छ भने नेपालले पनि रोमानियमा नेपाली दूतावास स्थापना गर्ने निर्णय गरिसकेको छ । 

रोमानियामा सिपयुक्त श्रम बजारको पहिचान गर्नुका साथै महिला श्रमिकहरूलाई समेत लक्षित गरी सुरक्षित वैदेशिक रोजगारलाई संयोजन गर्ने जस्ता कार्यलाई प्राथमिकतामा राखी आपसी सहकार्य गर्ने चाहाना रोमानियाले राखेको छ । 

दोहोरो करार, आधारभूत अङ्ग्रेजी भाषाको ज्ञान तथा व्यावसायिक सिप जस्ता विषयहरूमा आपसी समन्वय र सहकार्यबाट समाधान र व्यवस्थापन गर्न सहमति भएको मन्त्रालयले जनाएको छ । 

पछिल्लो समय रोमानियामा ठुलो सङ्ख्यामा आप्रवासी श्रमिकहरूको माग रहेको, नेपाली कामदारहरूको कार्य स्वभाव, इमान्दारिता, लगनशीलताले रोजगारदाताको विश्वास आर्जन गर्न सकेकोले नेपालबाट कामदार छोटो समयमा मर्यादित भर्ना प्रक्रियामार्फत समेत छलफल भएको छ  ।

श्रमिकको सामाजिक सुरक्षाको हकमा रोमानियमा कार्यरत रहेका कुनै पनि आप्रवासी श्रमिकहरुले रोमानियाका नागरिक सरह सामाजिक सुरक्षाको उपभोग गर्न पाउने व्यवस्था रहेको जानकारी गराउँदै दुवै पक्षको श्रमसँग सम्बन्धित निकायबीच समन्वय र सहकार्य गरी द्विपक्षीय श्रम सम्झौता प्रभावकारी कार्यान्वयन गर्न दुवै पक्षले प्रतिबद्धता गरेको छ । 

रोमानियासँग श्रम सम्झौता गर्न नेपालकोतर्फबाट श्रममन्त्री भण्डारीसहित मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी, जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का, रोमानियाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेल लगायतको सहभागिता रहेको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया