कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका लागि सरकार भन्दा जनता महत्त्वपूर्ण हुनुपर्ने बताउनुभएको छ ।
शनिवार काठमाण्डौमा आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन –आइक्याप) ले आयोजना गरेको स्थायी समितिको चौधौँ बैठक र एसिया—युरोप राजनीतिक मञ्चको पाँचौँ बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले राजनीतिक दलहरूले कार्यकारी शक्तिको अभ्यास मात्र नभइ दीर्घकालीन राष्ट्रिय हितको रक्षा, प्रभावकारी र गतिशील राष्ट्र निर्माण गर्ने दिशामा आफूलाई केन्द्रित गर्नुपर्ने बताउनु भयो । अध्यक्ष ओलीले कुनै पनि सरकारबाट गरिने अन्याय एवम् पक्षपातले नागरिकको आँखामा सम्बन्धित राजनीतिक प्रणालीको वैधानिकतालाई मात्र नखुम्च्याउने भन्दै यसले आन्तरिक एवम् अन्तर्राष्ट्रिय स्तरमा समेत अस्थिरता, द्वन्द्व र अराजकता निम्त्याउने बताउनु भयो ।
उहाँले सबैका लागि न्याय, सम्मान र समानता कायम गरी सहअस्तित्व, सहिष्णुता, सद्भाव तथा सहयोगको भावना प्रवर्द्धन गर्न राजनीतिक दलहरूको भूमिका असाधारण हुने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले धार्मिक विश्वास, संस्कृति, परम्परा, विचार र सामाजिक मूल्यहरू सबैका लागि उत्तिकै प्रिय रहेको र यसले मानवतालाई एकताको सूत्रमा बाँध्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कुनैपनि देशलाई सुल्झिएको राजनीति, त्यस्तै राजनीतिक दल र राज्यव्यवस्थाको योगले मात्र सक्षम बनाउँछ । यस योगबाट प्रभावकारी संवैधानिक तथा कानुनी प्रबन्धको निर्माण हुन्छ । बलिया सार्वजनिक संस्था बन्न सक्दछन् कानुनको शासन लागू हुन्छ । सेवा प्रवाह गर्ने राज्यको क्षमता बढोत्तरी हुन्छ । आधारभूत मानव अधिकार, नागरिक स्वतन्त्रता, न्याय, समानता र समान संरक्षणको प्रत्याभूति गर्नसक्ने सरकारले नागरिकको विश्वास आर्जन गर्दछ । यसैका आधारमा राजनीतिक स्थायित्व हासिल गर्दै आर्थिक विकासको बाटो पहिल्याउने तथा आन्तरिक स्थिरता र वाह्य सुरक्षा कायम राख्नसक्ने देश नै समृद्धशाली देश हो । राजनीतिक दलहरू तानाशाही व्यवस्था र शासकहरूबाट मुक्ति हासिल गरी आफ्नै शासन कायम गर्न जनताले खोलेका संस्था हुन् । त्यसकारण राजनीतिक दलका निम्ति सरकार भन्दा जनता ज्यादा महत्त्वपूर्ण हुनुपर्दछ ।’
अध्यक्ष ओलीले विश्वका समस्या समाधान गर्न नेतृत्वदायी भूमिका खेल्नका लागि सबैलाई आह्वान गर्नुभयो । सम्मेलनमा दिगो पर्यटन प्रवर्द्धन र महामारीपछि आर्थिक स्थायित्वको सुरक्षामाथि गहन छलफल हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा एसियाली राजनीतिक दलका नेताहरुकाे सहभागिता रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।