नारायणघाट–काठमाण्डाै सडकमा आजदेखि ठूला ट्रक चलाउन रोक, खाद्यान्नलगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने गाडीलाई भने नरोकिने

 असोज २८, २०८० आइतबार ८:१४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आजदेखि कात्तिक ८ गतेसम्म नारायणघाट–काठमाण्डाै सडकमा ट्रक, ट्रेलर लगायतका ठूला मालवाहक गाडी चलाउन नपाइने भएको छ ।

यातायात व्यवस्था विभागले दशैँको बेला यो रुटमा बढ्ने गाडीको चापलाई मध्यनजर गर्दै ठूला गाडी चलाउन रोक लगाएको हो । विभागका अनुसार आजदेखि कात्तिक ८ गतेसम्म यो सडकमा ट्रक, ट्रेलर लगायतका ठूला गाडी चलाउन पाइने छैन ।

खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने गाडीलाई भने नरोकिने विभागले जनाएको छ । दशैँमा काठमाण्डाैबाट बाहिर जाने यात्रुलाई सहज होस् भनेर यस्तो निर्णय गरिएको हो । ठूला गाडीले बाटो जाम बनाउने भएकाले दशैँका यात्रुलाई गन्तव्यसम्म पुग्न समस्या हुने भन्दै यस्ता गाडीलाई रोक लगाइएको विभागको भनाइ छ । यो सडक खण्डमा अरू बेला पनि हरेक दिन जसो जाम हुने गर्छ ।

विभागका अनुसार ठूला मालवाहक गाडीलाई कात्तिक ८ गतेसम्म नारायणघाटमै रोकिनेछ । यसअघि यातायात व्यवस्था विभागले अस्ति शुक्रवारदेखि सार्वजनिक सार्वजनिक गाडीलाई रुट परमिट खुला गरेको छ । रुट परमिट आउँदाे कात्तिक १० गतेसम्म खुला रहने छ । रुट परमिट खुला भएसँगै सार्वजनिक गाडी यात्रु लिएर देशका विभिन्न भागमा निर्बाधरुपमा जान पाउने छन् ।

त्यस्तै, असोज २२ गतेदेखि नै अग्रिम टिकट बुकिङ खुला गरिसकेको छ । प्रत्येक वर्ष काठमाण्डाैबाट दशैँ मनाउनका लागि २० लाखभन्दा बढी व्यक्ति उपत्यकाबाट बाहिरिने गरेका छन् ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया