खाेटाङ : तोकिएभन्दा बढी भाडा लिने चार सुमाे चालक कारबाहीमा

 असोज २८, २०८० आइतबार ८:२९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

खाेटाङ - जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले तोकिएभन्दा बढी भाडा उठाउने चार सुमो चालक तथा सञ्चालकलाई कारबाही गरेको छ ।

दशैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर शुरु गरिएको विशेष सवारी जाँच अभियानका क्रममा यात्रुबाट तोकिएको भन्दा बढी भाडा उठाउने सुमोलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

यात्रुबाट तोकिएको भन्दा बढी भाडा उठाएको पाइएपछि काठमाण्डाैबाट यात्रु लिएर खोटाङ आउँदै गरेको ना १ ज ३३९३, ना १ ज ४४८३, प्रदेश–२–०३०१ ज ००११ र ना १ ज ५६५९ नम्बरको सुमो चालकलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक हिमाल पौडेलले बताउनु भयाे । 

दिक्तेल–काठमाण्डाै तथा काठमाण्डाै–दिक्तेलको एकतर्फी भाडा दुई हजार १० रुपैयाँ निर्धारण गरिएको भए पनि सुमो चालक तथा सञ्चालकले दुई हजार २०० देखि तीन हजार ५०० सम्म बढी भाडा लिएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ । ना १ ज ५६५९ नम्बरको सुमोले सबैभन्दा बढी निर्धारित भाडा दरमा एक हजार ४९० रुपैयाँ बढी भाडा लिएको यात्रुको गुनासो छ । 

अभियान शुरु गरेको दुई दिनमै चार वटै सुमोलाई कारबाही स्वरुप आउँदाे दिनमा गल्ती नदोहोर्याउने सर्तमा तीन/तीन हजार जरिबाना गरेर छाडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक पौडेलले बताउनु भयाे ।

सुमो चालकले यात्रुबाट निर्धारण गरिएकोभन्दा झण्डै दोब्बर बढी भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले असोज २६ गतेदेखि विशेष सवारी जाँच अभियान शुरु गरेको हो । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया