फूल व्यवसायीहरु उत्साहित

 कात्तिक १८, २०७५ आइतबार १६:१७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - व्यवसायीहरुले फूल व्यवसायबाट आफूहरु उत्साही रहेको बताएका छन् । 

फूल व्यवसायीहरुले यस व्यवसायबाट राम्रो आम्दानी हुने गरेको उल्लेख गर्दै विदेशमा जाने नेपालीहरुलाई स्वदेशमा नै फूल व्यवसाय गर्न पनि सुझाव दिएका छन ।

ललितपुरमा रहेकाे जावलाखेल मैदानमा आयोजित १२ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रर्दशनीमा सहभागी भएका उनीहरुले फूल व्यवसायले राम्रो आम्दानी दिने पनि स्पष्ट पारेका छन ।

फूल व्यवसायबाट आफूहरु उत्साही भएको फ्लोरिकल्चर एशोसिएन नेपालका अध्यक्ष कुमार कसजुले जानकारी दिनु भयो । उहाँले प्रर्दशनी गत वर्षको भन्दापनि सफलतापूर्वक सम्पन्न भएको स्पष्ट पार्नुभयो ।

फूल व्यवसायीहरुले विदेशमा जानेहरुलाई नेपालमै फूल व्यवसाय गर्न पनि सुझाव दिएका छन । स्वदेशमै बसेर फूलको व्यवसाय गरे राम्रो आम्दानी हुने उनीहरुको भनाई छ ।

नेपालमा फूल व्यवसायबाट गत वर्ष २ अरब बराबरको आयआर्जन भएको थियो । यस व्यवसायको प्रवद्र्धनका लागि हरेक वर्ष प्रर्दशनी आयोजना हुने गरेको छ । यस वर्षको प्रर्दशनी पनि सफलतापूर्वक सम्पन्न भएको एशोसिएशनले जनाएको छ ।

यस वर्षको प्रर्दशनीमा ४२ हजारले अवलोकन गरेको र ६५ लाख भन्दा बढिको कारोबार भएको एशोसिएशनका अध्यक्ष कसजुले जानकारी दिनु भयो । चार वर्ष भित्र नेपाललाई फूलमा आत्मनिर्भर बनाउने एशोसिएशनको योजना छ ।

तिहारलाई लक्षित गरेर हरेक वर्ष फूल प्रर्दशनी हुने गरेको छ । यस वर्ष प्रर्दशनीमा ४ सय ५० प्रजातिका फूलहरु राखिएको थियो ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया