वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रकाे नवीकरणीय ऊर्जा अवार्ड तीन संस्थालार्इ

 कात्तिक १८, २०७५ आइतबार १६:४६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले तीन वटा संस्थाहरुलाई ‘सुप्रविध स्मृति नवीकरणीय ऊर्जा पुरस्कार‘ प्रदान गरेको छ । 

पुरस्कार पाउनेहरुमा ललितपुरको नेपाल यन्त्रशाला इनर्जी, स्याड्जाको खिलुङ्ग कालिका एग्रो फर्म  र नवलपरासीको एम.के. पेपर मिल्स प्रा.लि.रहेका छन् । यी संस्थाहरुले अवार्ड सहित  प्रति संस्था २५ हजार रुपैयाँको पुरस्कार प्राप्त गरेका छन् । 

पुरस्कृत मध्ये नेपाल यन्त्रशाला इनर्जीले लामो समयदेखि नेपालमै टर्वाइनको अध्ययन अनुसन्धान र उत्पादन गरि भुटान, भारत, लाओस, वेलायत जस्ता देशहरुमा निर्यात गर्दै आइरहेको छ । 

त्यस्तै  खिलुङ्ग कालिका एग्रो फर्मले कुखुराको सुलीबाट बायोग्यास मार्फत राष्ट्रिय प्रसारण लाइन भन्दा बाहिर ३ सय ६० किलोवाट विद्युत उत्पादन गरी दैनिक १० मेट्रिक टन जैविक मल उत्पादनका लागी ऊर्जामा आत्मनिर्भर बनेको छ । साथै सो प्लाण्टबाट उत्पादित जैविक मलको अधिकतम उपयोग गर्दै आइरहेको छ । 

एम.के. पेपर मिल्स प्रा.लि.ले आफ्नैे हातामा एक मेगावाट क्षमताको सौर्य विद्युत प्रणाली जडान गरी नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता गरी कम्पनीमा विद्युत आपुर्तिका साथै राष्ट्रिय प्रसारण लाइनमा विद्युत आपूर्ति गरेको छ । 

यसरी सौर्य विद्युत प्रणालीबाट उत्पादित विजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्ने यो नेपालको पहिलो कम्पनी हो । 

केन्द्रले प्रत्येक वर्ष नेपालमा नवीकरणीय ऊर्जा प्रवद्र्धन गरी स्थानीय समुदायको जीवनस्तर उकास्न विशेष सहयोग पुर्‍याइरहेका लघुजलविद्युत, सौर्य ऊर्जा र वायु ऊर्जा तथा वायोग्यास लगायत जैविक ऊर्जा  क्षेत्रका तीन वटा उत्कृष्ट संस्थाहरुलाई अवार्ड प्रदान गर्दै आएकोे छ । 

यो अवार्ड २०७४ सालबाट प्रदान गर्न थालिएको हो ।

कार्यक्रममा केन्द्र र नवीकरणीय ऊर्जा क्षेत्रमा कार्यरत ३१ जनाले रक्तदान पनि गरेका थिए ।

कार्यक्रममा बोल्नुहुँदै राष्ट्रिय योजना आयोगका सदस्य तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन विकास समितिका उपाध्यक्ष डा. कृष्ण प्रसाद ओलीले नवीरकणीय ऊर्जाका क्षेत्रमा थप अध्ययन र अनुसन्धानमा जोड दिनुपर्ने बताउनुभयो । 

त्यस्तै ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव दिनेश कुमार घिमिरेले नवीकरणीय ऊर्जाको क्षेत्रमा थप नीति नियम निर्माणमा सहजीकरणका साथै यस क्षेत्रमा स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्दै नविनतम प्रविधिहरुको खोजी र स्थानीयकरण गर्न विशेष ध्यान दिनुपर्ने बताउनुभयो । 

केन्द्रका कायम मुकायम कार्यकारी निर्देशक नवराज ढकालले केन्द्रले स्थानीय स्तरमा नवीकरणीय ऊर्जाका कार्यक्रमहरु प्रभावकारी बनाउन स्थानीय सरकारहरुलाई सहजीकरण गर्ने बताउनुभयोे । 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया