धरहरा पुनर्निर्माण सहयोग गर्ने प्रतिबद्धता

 कात्तिक १८, २०७५ आइतबार १६:४९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – धरहरा पुनर्निर्माणको पूर्वाधार तथा सहजीकरणसँग जोडिएका निकायहरु र स्थानीय समुदायले धरहरा पुनर्निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिंहदरबारमा गरेको कार्यक्रममा सम्बन्धित निकायले धरहरा पुनर्निर्माणका लागि त्यहाँ भएका पूर्वाधार हटाएर सहजीकरण गर्ने र भविष्यमा आइपर्ने काममा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, सञ्चयकोष, नेपाल राष्ट्र बैंक, हुलाक, ट्राफिक प्रहरी, केयुकेएलका प्रतिनिधि, काठमाडौं महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष लगायतले धरहरा पुनर्निर्माणका लागि सहयोग गर्ने बताएका छन् ।

नेपाल टेलिकमका प्रबन्धक झविन्दलाल उपाध्यायले तत्कालीन र दीर्घकालीन हिसाबले सहज हुने गरी टेलिफोनको लाइन व्यवस्थापन गरेर धरहरा पुनर्निर्माणमा सहयोग गर्ने बताउनुभयो । सञ्चय कोषका कायम मुकायम वरिष्ठ प्रबन्धक शान्ता गौतमले धरहरा पुनर्निर्माणलाई सहयोग र स्थानीय समुदायलाई सहज हुने गरी बाटो खोल्न कोष तयार रहेको बताउनुभयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय समुदायलाई सहज हुने गरी बाटोको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सबै निकाय र स्थानीय समुदायसँग समन्वय गरी धरहरा पुनर्निर्माणको कामलाई अघि बढाइने बताउनु भयो । अघिल्लो हप्तादेखि धरहरा पुनर्निर्माणको काम सुरु भएको छ ।
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया