भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडाैं - पूर्वमन्त्री एवम् वरिष्ठ बामपन्थी नेता पद्मरत्न तुलाधरको निधनप्रति विभिन्न राजनीतिक दलका नेताहरुले गहिरो दुःख व्यक्त गर्नुभएकाे छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको राजनीतिक तथा सांस्कृतिक आन्दोलनको अग्रज व्यक्तिको रुपमा तुलाधरलाई स्मरण गर्दै उहाँको निधनले मुलुकलाई ठूलो क्षति पुर्याएको बताउनु भयो ।
उहाँले मृतककाे आत्माको चीर शान्तिको कामना गर्दै शोकाकूल परिवारजनप्रति समवेदनासमेत व्यक्त गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल, नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतका नेताहरु पनि स्वर्गीय तुलाधरको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जलि दिन अस्पताल पुग्नु भएको थियो ।
मस्तिष्कघात भएपछि काठमाडौंको थापाथलीमा रहेकाे नर्भिक अस्पतालमा उपचार गराउने क्रममा तुलाधरकाे आइतबार दिउँसो निधन भएको हो । मानव अधिकारवादी नेताका रुपमा समेत पहिचान बनाउनु भएका ७८ वर्षीय तुलाधर मुटु, फोक्सो र मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो ।
मुटु र फोक्सोले काम गर्न छाडेपछि तुलाधरको निधन भएको अस्पतालले जनाएको छ । उहाँलाई मस्तिष्कघात भएपछि गएकाे शुक्रबार माइतीघरकाे अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा तुलाधरको मृगौलामा समेत समस्या देखिएपछि नर्भिक अस्पतालको आईसियूमा सारिएको थियो ।
अहिले स्वर्गीय तुलाधरको पार्थिव शरीरलाई उहाँकाे आफ्नै निवास लाजिम्पाटमा राखिएको छ । भोली साेमबार मात्रै उहाँको अन्त्यष्टि गरिनेछ ।
स्वर्गीय तुलाधरले तत्कालीन माओवादी विद्रोहीलाई राजनीतिक मूलधारमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । तत्कालीन कम्युनिष्ट पार्टीहरुको समर्थनमा जनपक्षीय उम्मेदवारका रुपमा राष्ट्रिय पञ्चायतको सदस्य समेत बन्नु भएका तुलाधर प्रखर वक्ताको रुपमा पनि परिचित हुनुहुन्थ्यो ।
२०४६ सालमा बहुदलीय व्यवस्थाको पुर्नस्थापना भएपछि तुलाधरले सूर्य चिन्ह लिएर चुनाव लडदै दुई पटक सांसद हुनु भएको थियो । उहाँले स्वास्थ्य मन्त्रीको जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गर्नु भएको थियो । स्वर्गीय तुलाधरका श्रीमति, २ छोरा र २ छोरी रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।