भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले १८ महिनाभित्र सिंहदरबारको प्रवलीकरणको काम सम्पन्न हुने बताउनुभएको छ ।
उहाँले १५ महिनामा सिंहदरबारको पुनर्निर्माण सम्पन्न गर्ने योजना रहेको बताउनुभयो । ‘सिंहदरबार अब भत्काउनुपर्दैन् । प्रवलीकरण गर्ने हो । हामी टेण्डर गरेर प्रवलीकरणको काम अघि बढाउँछौं’, मानन्धरले भन्नुभयो, ‘ढिलोमा १८ महिनामा काम सम्पन्न हुन्छ । हामीले १५ महिनामा सक्छौं भनेर अनुमान गरेका छौं । साह«ै ढिलो भयो भने पनि १८ महिनामा सम्पन्न गर्छौं ।’
आइतबार काठमाडौंको एक कार्यक्रममा बोल्दै मानन्धरले सिंहदबार ६३ प्रतिशत जस्तोको त्यस्तै रहेको पनि जनाउनुभयो । उहाँले धरहरा पनि २ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने बताउनुभयो ।
उहाँले प्राधिकरणले पुनर्निर्माणको काममा ढिलाई नगरेको स्पष्ट पार्नुभयो । ‘रानीपोखरीको पुनर्निर्माण पनि अब छिट्टै सुरु हुन्छ । खुरु–खुरु काम गर्न दिइएन् । विवादै विवाद सुल्झाउँदा केही समय लागेको हो । अब काम सुरु हुन्छ ।’
काष्ठमण्डपको पनि पुनर्निर्माण चाँडै सुरु हुने उहाँले बताउनुभयो । ‘स्थानीय नागरिकको सहकार्यमा हामी छिट्टै पुनर्निर्माणको खाका घोषणा गर्छौं । अब ढिलाई हुँदैन् ।’
उहाँका अनुसार प्राधिकरणले अहिलेसम्म ५ हजार स्कुल बनाइसकेको छ । ‘अहिलेसम्म हामीले ४३ प्रतिशत निजी आवास बनाइसकेका छौं । जे भएको छ, त्यो भएको छ भनेर भनिदिनुपर्यो ।’
आउँदो जुलाई १५ देखि २० सम्म ९० प्रतिशत पुनर्निर्माणको काम सम्पन्न भैसक्ने पनि उहाँको भनाई थियो । आउँदो २ वर्षभित्र सबै सरकारी भवनको पुनर्निर्माण भैसक्ने पनि मानन्धरले दाबी गर्नुभयो ।
७ सय ५१ मध्ये १ सय २१ वटा सम्पदाहरुको पुनर्निर्माण भैसकेको पनि उहाँले बताउनुभयो । ‘हामीलाई ९ खर्ब आवश्यक थियो’, मानन्धरले भन्नुभयो, ‘त्यसमध्ये प्राधिकरणले ३ खर्ब ५१ अर्ब प्राप्त गरिसकेको छ । यो वर्षलाई १ खर्ब ५१ अर्ब राखेका छौं ।’
२०४५ सालको भूकम्पपछि २ वर्षमा पुनर्निर्माण सम्पन्न गर्ने भनेर योजना बनाए पनि ७ वर्ष लागेको सुनाउँदै अहिले पनि केही समय लाग्ने उहाँको भनाई थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।