भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
मोरङ – विराटनगर महानगरपालिका वडा नम्बर ३ मा ‘भ्यू टावर’ बनाइने भएको छ । ४ अर्ब लागत अनुमान गरिएको टावरको उचाइ १ सय १० मिटर हुनेछ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश १ का कार्यवाहक मूख्यमन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे र महानगर प्रमुख भीम पराजुलीले भ्यू टावरको सामूहिक रुपमा शिलान्यास गरेका हुन् ।
भ्यू टावर निर्माणका लागि संघीय सरकार, प्रदेश सरकार, विराटनगर महानगरपालिका, मोरङ व्यापार संघ, उद्योग संगठन, उद्योग वाणिज्य महासंघ प्रदेश १, नागरिक समाज र सर्वसाधारणको बास्केट फण्ड बनाएर निर्माण अगाडि बढाइने बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले बताउनुभयो ।
१ विघा ७ कठ्ठा क्षेत्रफलमा एक सय १० मिटर अग्लो भ्यू टावर निर्माण हुने विराटनगर महानगरपालिकाले जनाएको छ । तर सिलान्यास भैसकेको टावरको अहिलेसम्म डीपीआर भने तयार भैसकेको छैन ।
टावरमा राजवंशी समुदायको संग्रहालय, विजनेश कम्प्लेक्स, रिक्रेशन सेन्टर, डिपार्टमेन्ट स्टल, रेष्टुरेन्ट र प्रर्दशनी केन्द्र रहने छ । शिलान्यास भएको भ्यू टावर आगामी चार वर्ष भित्रमा निर्माण सम्पन्न हुने मेयर पराजुलीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।