स्थायी बासस्थानको आशामा बित्यो काभ्रेका बाढीपहिरो पीडितको एक ...
कात्तिक १६, २०८१ शुक्रबार
बुद्धि तामाङ पछिल्लो समयका निकै चर्चित हास्य कलाकारहरु मध्येका एक हुन् । हास्य टेलिचलचित्र मेरी बास्सैबाट दर्शकमा चिनिएका उनी अहिले ठूलो पर्दामा व्यस्त छन् । एक पछि अर्को चलचित्रमा व्यस्त हुँदै गएका बुद्धि महंगो पारिश्रमिक लिने हास्य कलाकार मध्यका एक हुन् ।
उनले २०६२ सालमा डबली थिएटरबाट नाट्ययात्रा सुरु गरेका थिए । डबली थिएटर मै रहेर उनले आफ्नो अभिनय कौशलतालाई अघि बढाएका थिए । उनी त्यस समय सडक नाटकमा निकै व्यस्त मानिन्थे । डबली थिएटरमा रहेर करिब ४ वर्ष काम गरे पछि एक्टर्स स्टुडियोमा काम सुरु गरे र आफ्नो अभिनय यात्रा अघि बढए । बुद्धि तामाङ अनुप बरालका विध्यार्थी हुन् । उनले अनुप बरालसँग अभिनयको तीन महिने प्रशिक्षण लिएका थिए ।
तीन महिनाको तालिम लिए पश्चात उनको अभिनय यात्रामा पहिले भन्दा निखारता आउन थाल्यो । तालिम लिइ सके पश्चात उनले अभिनय गरेको पहिलो नाटक ‘मलामी’ हो । ‘मलामी’ प्रोसिनियम थिएटरमा काम गर्न थाले पश्चातको पनि पहिलो नाटक थियो । ‘मलामी’ नामक नाटकमा उनले ६५ वर्षका वृद्धको भूमिका निर्वाह गरेका थिए । यो उनको पहिलो अनुभव थियो । सुरुमा त उनलाई नसक्ने पो हो कि भन्ने पनि लागेको थियो । त्यस नाटकका निम्ति उनले वृद्ध मानिसको हाउभाउ शैलीलाई अभिनयमा उतार्नु पर्ने थियो ।
उनीहरुको हिड्ने, खाने, बोल्ने, बस्नेलगायतका कुराहरुलाई नाटकमा उतार्नु निकै चुनौती थियो । सुरुमा त आँट गर्न सकेनन् तर पछि हट्ने पनि उनलाई मन थिएन । अन्ततः उनले त्यो नाटकमा काम गर्ने निर्णय गरे । त्यसका निम्ति उनी सडक बाटोमा हिँड्ने डुल्ने गरेका बृद्ध मानिसहरुको हाउभाउ नियाल्न थाले । दिनभरी सडकमा गएर वृद्ध मानिस खोज्थे र उनीहरुको व्यवहार नियाल्थे । विस्तारै उनले वृद्ध मानिसहरुसँग सम्बन्ध बढाउन थाले । पहिले भक्तपुर बसोबास गर्ने भएका कारण त्यस ठाउँका वृद्धहरुसँग नजिक हुन उनलाई केही सहज पनि भयो ।
उनी दैनिक रुपमा भक्तपुरको पाँच तले नजिकै जान्थे र दिनभरी त्यहीँका बृद्धबृद्धा हरु सँग बस्थे उनीहरुको जिवन शैलीलाई नियाल्थे र बेलुका घरमा आएर त्यही कुरालाई अभिनयमा उतार्ने प्रयास गर्थे । उनका हजुरबुवाको स्वर्गवास भइसकेको थियो तर हजुरबुवाले उनीसँग गर्ने गरेको व्यवहार, उहाँको हाउभाउ उनको दिमागमा ताजै थियो । त्यससँगै दिन भरी भेट भएका ज्येष्ठ नागरिकलाई सम्झिन्थे । उनीहरुको बोल्ने, हिँड्ने, खाने सबै कुरालाई सम्झिन्थे र त्यही कुरालाई अभिनयमा उतार्ने प्रयास गर्थे ।
केही समय पछि उनले त्यो नाटकलाई प्रस्तुत गर्ने समय आयो । थोरै डर अनि धेरै साहस बोकेर स्टेजमा प्रस्तुत भए । पहिलो शो बाट नै उनले गरेको अभिनयको चौतर्फी तारिफ भयो । सो अभिनयका कारण सबैबाट प्रशंसा पाए । उनले आफ्नो अभिनय यात्राको टर्निङ पोइन्ट नै उनी यही नाटकलाई मान्ने गर्दछन् ।
–उज्यालाे र गफगाफ डटकमकाे सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।