अबको बाटो सुशासन स्थापना गर्ने हो : प्रमुख आयुक्त घिमिरे

 कात्तिक १९, २०७५ सोमबार १४:३६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

कञ्चनपुर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले अबको बाटो सुशासनलाई स्थापित गर्ने भएको बताउनएको छ ।

सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय महेन्द्रनगरको नवनिर्मित भवनको उद्घाटन सत्रमा बोल्दै प्रमुख आयुक्त घिमिरेले देशमा दुई तिहाईको सरकार भएकाले अबको बाटो सुशासनलाई स्थापित गर्ने भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै घिमिरेले स्थानीय तह कानुन निर्माणको चरणमा रहेकाले संक्रमणकालको नाममा भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताउनुभयो । उहाँले पछिल्लो समय आयोगमा स्थानीय तहका भ्रष्ट्राचारका उजुरी बढेको बताउँदै आयोगले त्यसलाई सुक्ष्म रुपमा हेरिरहेको बताउनुभयो ।

भ्रष्टाचार न्यूनिकरण अख्तियारको मात्र एजेन्डा नभई बताउदै यसलाई सबैको आफ्नो एजेन्डा बनाए भ्रष्टाचार अन्त्य हुने दाबी गर्नुभयो । यस्तै, कार्यक्रममा बोल्दै आयोगका सचिव महेश्वर न्यौपानेले विकास निर्माणका काममा हुने ढिलासुस्ती, बढी समय र रकम खर्चिने जस्ता काममा आयोगको ध्यानाकर्षण भएको बताउनुभयो ।

विकास निमार्णका काममा ढिला सुस्ती, धेरै समय खचर्ने भएकाले यसमा आयोगको गम्भीर ध्यानाकर्षण भएको बताउँदै आयोग भरर्पदो उपकरण, जनशक्तिसहित क्षमता विस्तारमा लागेको बताउनसभयो ।

आयोगमा परेका उजुरीको समयमै टुङ्गो नलगाउनु पनि भ्रष्ट्राचार भएको बताउँदै उजुरी पर्ने बित्तिकै कामलाई रोक्नु पनि भ्रष्ट्राचार भएको न्यौपानेको भनाई छ ।
सुदूरपश्चिमका ९ वटै जिल्ला हेर्ने गरी स्थापना गरिएको भवन निर्माणका लागि ७ करोड, ३६ लाख ९८ हजार रुपैयाँमा ठेक्का दिइएको थियो । २०७१ फागुन १८ मा सम्झौता गरिएको भवन २०७४ चैत्र ३० गते भित्र निर्माण सम्पन्न भएको हो । 
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया