मेलम्ची योजनाका कारण काठमाडौंलाई धुवाँधुलोमुक्त बनाउन सकिएन : मेयर शाक्य

 कात्तिक १९, २०७५ सोमबार १५:३६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मेलम्ची खानेपानीको पाइप लाइन र सडक विस्तारका कारण काठमाडौंलाई धुवाँधुलोमुक्त सहर बनाउन कठिनाई भैरहेकोे स्पष्ट पार्नु भएको छ । 

मेयर शाक्यले चालू आर्थिक वर्ष भित्र काठमाडौंलाई हिलो र धुलोरहित सहर बनाउन आवश्यक व्यवस्था मिलाइएको दावी पनि गर्नुभयो । सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सडक विभाग र मेलम्ची खानेपानी आयोजनासँग समन्वय गरेर काठमाडौंलाई धुवाँधुलो मुक्त बनाउन आफूले प्रयास गरिरहेको पनि बताउनु भयो । मेयर शाक्यले आफूले १७  महिनाभित्र काठमाडौं महानगरपालिका भित्र धेरै काम गरेको दावी पनि गर्नुभयो । आफ्नो जिम्मामा रहेको सहायक सडकको पुनर्निर्माण धेरै गरेको उहाँको दावी छ ।

मेयर शाक्यले सम्पदा पुनर्निर्माणको कामलाई पनि धेरै अघि बढाइएको दावी गर्नुभयो । उहाँले रानी पोखरी पुनर्निर्माणको काममा पनि ढिलाई नहुने योजना अघि सार्नुभयो । पुरातत्व विभाग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग आवश्यक छलफल गरेर रानी पोखरी पुनर्निर्माणको काम सुरु गर्ने मेयर शाक्यको योजना छ । उहाँले काष्ठमण्डप र धराहरा पुनर्निर्माणको काम सुरु गरिएको पनि स्मरण गराउनु भयो ।

मेयर शाक्यले मापदण्ड विपरित बनेको भवनलाई कडा कारबाही गर्ने चेतावनी पनि दिनुभयो । उहाँले चालू आर्थिक वर्षमा महानगरपालिकाले सडक पुनर्निर्माण र सम्पदा पुनर्निर्माणको कामलाई जोड दिएको पनि स्पष्ट पार्नु भयो ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • mahesh

    Nov. 5, 2018, 3:50 p.m.

    ओहो कस्तो राम्रो जवाफ मेयरजीको .....मेलम्ची योजना नै बन्द गरिदिनुन मेयर जी ..अनि सफा हुन्थ्यो काठमाडौ....काम नगर्नेको भाषण मात्र हुन्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया