भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडौं – नेपाल ब्रोइलर कुखुरापालक तथा उत्पादक संघले कुखुरा व्यवसायी संघले आफुखुशी जिउँदो कुखुराकोे मूल्य निर्धारण गर्दा उत्पादक किसान वर्गलाई ठूलो मर्का परेको भन्दै यसबारेमा सरकारको ध्यानाकर्षण गराएको छ ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पीडित किसानहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा संघले सरकारको यस्तो ध्यानाकार्षण गराएको हो । विदेश नगई स्वदेशमै केही गरौँ भन्नेहरुलाई सरकारले बेवास्ता गरेको उनीहरुले आरोप लगाएका छन् ।
कुखुरा व्यवसायी संघले आफुखुशी बेला–बेलामा मूल्य तलमाथि गरिरहँदा वास्तविक किसानहरुले आफ्नो उत्पादनको उचित मूल्य नपाएको गुनासो छ ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले किसानले बिक्री गर्ने उत्पादनलाई कुखुरापालक किसानहरुको संघबाट नै मूल्य निर्धारण गर्नुपर्ने माग गर्नुभयो । दानाको मूल्य नेपाल दाना उद्योग संघले निर्धारण गरेझैँ र चल्लाको मूल्य नेपाल ह्याचरी संघले गरेजस्तै कुखुराको मूल्य पनि किसानको संघले निर्धारण गर्न पाउनुपर्ने उहाँको माग छ ।
वास्तविक किसानको परिश्रमलाई खोर र काँटामा नगरी ‘कोल्ड स्टोर’मा आफूखुशी मूल्य निर्धारण हुँदा किसानहरु मर्कामा परेका उहाँको भनाई छ । सरकारले बेलैमा यो विषयमा गम्भीर चासो नदेखाए भोलि गएर भारतमा झैँ नेपालमा पनि किसानहरु आत्महत्या गर्न बाध्य हुनुपर्ने उहाँको भनाई छ ।
नेपालमा खोर दर्ता गर्दा झन्झटिलो सरकारी प्रक्रियाको कारण किसानले आफ्नो फार्म दर्ता गर्न नपाएको पनि उहाँको गुनासो छ । फार्म दर्ता गर्न नपाउँदा कुखुराको बीमाको बारेमा पनि अगाडि बढ्न नसकेको उहाँले जनाउनुभयो । उहाँले भन्नुभयो,‘यही कारणले गर्दा खाडी मुलुकबाट नेपाल फर्केपछि ढुक्कले कुखुरापालन व्यवसायमा लाग्नसक्ने अवस्था पनि अहिले छैन ।’
कार्यक्रममा बोल्दै पीडित किसान सुवास न्यौपानेले ‘कोल्ड–स्टोर’ मा कुखुराको जोखनी हुने काम भएकाले कोल्डस्टोरका मालिकले भनेकै मूल्यमा पसलमा कुखुरा छोड्न आफूहरु बाध्य भएको गुनासो पोख्नुभयो ।
विदेशबाट आयातित मासुको निश्चित् मूल्य निर्धारण भए पनि नेपालमै उत्पादित कुखुराको हकमा भने कुनै नियम लागू नभएको न्यौपानेको आक्रोश छ ।
त्यस्तै कार्यक्रममा किसानको तर्फबाट बोल्दै अर्का पीडित रोशनकुमार सिंहले सुनको भन्दा पनि कुखुराको खरिद मूल्य चाँडै परिवर्तन हुने गरेको गुनासो पोखे । देशमा ‘सिस्टम’को अभावमा कुखुरा उत्पादकले सरकालाई कर तिर्दा पनि समस्याको बारेमा सरकार मौन रहेको भन्दै सिंहले गम्भीर आपत्ति जनाए ।
दाना र चल्लाको मूल्य संघले तोके पनि आफूहरु उत्पादकहरुको परिश्रमको मूल्य त्यसै पसिनामा खेर बगिरहेको काठमाडौं सुन्दरीजलमा कुखुरा व्यवसाय गरिरहेका किसान नवराज अधिकारी गुनासो पोख्नुहुन्छ ।
उहाँले भन्नुभयो, ‘हामी किसानहरुको बीचमा एकताको कमीले पनि मर्कामा परेका छौँ ।’ सरकाले मासु तथा अण्डा र कुखुरामा लगाउने औषधिको मूल्य तोकिदिए राहत हुने उहाँको भनाई छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।