भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडौं – बजाज कम्पनीले अल न्यू बजाज पल्सर एनएस १६० ट्विन डिस्कलाई नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ ।
यसमा २ वटा डिस्क ब्रेक, सार्प डिजाइन र विभिन्न चार कलर भेरिएन्टमा बजारमा उपलब्ध रहेको छ । बजाजको पल्सर एनएस १६० टीडीलाई चार कलर भेरिएन्टमा ल्याइएको छ । जसमा प्यासन रेड, पर्ल मेटालिक ह्वाइट, सफ्फिरे ब्लू एण्ड ग्लसी पेब्टर ग्रे रहेको छ । यस बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको छ ।
यस बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको छ ।
नयाँ बजाज पल्सर १६० टीडीमा ड्यूल डिस्क ब्रेक दिइएको साथमा युवालाई आर्कषित गर्न बाइकमा मोटो ह्वील, मोटो टायर, च्येसिस र सकर पनि पहिलाको तुलनामा ठूलो बनाएर ल्याइएको छ ।
बजाजका अनुसार एनएस युवा पुस्तालाई लक्षित गरेर कम्पनीले यसमा थुप्रै परिवर्तन गरेको छ । बाइकमा स्प्लीट सिट, स्प्लीट ग्रेव रेल, लोंगेर व्हील् बेस राखिएको छ ।
पल्सर एनएस ट्वीन डिस्क १६०.३ सीसी सिंगल सिलिन्डर डीटीएसआई इञ्जिन दिइएको छ । यस बाइकमा दुईवटा भल्भ जडान गरिएको छ । यसमा लगाइएको ट्वीन स्पार्क मोटरले ८५०० आरपीएममा १५.५ बीएचपी पावर र ६५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्छ । यसमा १२ लिटर पेट्रोल अट्ने ट्याङ्की दिइएको छ भने ५ गिएरमा उपलब्ध रहेको छ र ग्राउंड क्लीयरेन्स १६७ एम एम रहेको छ ।
पल्सर एनएस १६० टीडीले अप्टिमाइजेशनका साथ नोइज, भाइब्रेसन र हार्सनेस लेभलमा पनि सुधार गरिएको छ । नेपाली बजारमा बजाज पल्सर १६० टीडीको मूल्य दुई लाख ८६ हजार ९०० रुपैयाँ तोकिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।