जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
काठमाडौं – अभिनेता निखिल उप्रेतीको मुख्य भूमिका रहेको सिनेमा भिलेनको फस्ट लुक सार्वजनिक गरिएको छ ।
पुस २७ गतेबाट प्रदर्शनमा आउने भिलेनको फस्ट लुकमा अभिनेता निखिललाई मात्र समावेश गरिएको छ । तर यो सिनेमामा उनीसँगै शिल्पा पोखरेल, निशा अधिकारी लगायतका कलाकारको पनि मुख्य भूमिका छ । यो सिनेमाको फस्ट लुकसँगै प्रदर्शन पनि सार्वजनिक गरिएको हो ।
वितरक सुनिल मानन्धरले सिनेमाको प्रदर्शन मिति माघे संक्रान्तिको छेको पारेर पुस २७ लाई पक्का गरेका छन् । देवेन्द्रराज पाण्डेको निर्देशनमा तयार भएको यो सिनेमा अन्य दुईवटा सिनेमासँग भिड्ने भएको छ । किनभने यो मितिमा यसअघि नै २ वटा सिनेमाले प्रदर्शन मिति तोकिसकेका छन् ।
कमेडी कथामा बनेको सिनेमा ‘चौका दाउ’ र लभ स्टोरी कथामा बनेको सिनेमा ‘ब्रेक अप’ यो मितिमा प्रदर्शन हुँदैछन् । अब एउटै मितिमा ३ वटा सिनेमा भिड्ने भएका छन् । यी तीनवटा सिनेमा मध्ये कसले जित्ला दर्शकको मन ? त्यसको लागि भने पुस २७ नै कुर्नुपर्ने देखिन्छ ।