४३ वर्षकी महिलालाई जबरजस्ती करणी अभियोगमा एकजना पक्राउ

 कात्तिक १९, २०७५ सोमबार १८:९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – जबरजस्ती करणी अभियोगमा एकजना पक्राउ परेका छन् ।

कास्कीको मादी गाउँपालिका ५ मिजुरे घर भई हाल पोखरा ३० ढुङगेपाटन बस्ने ४३ वर्षकी एक महिलाले आफूलाई पटक पटक जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा दिएपछि सोही स्थानका ४३ वर्षका मिनुराज घिमिरेलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

महिलाले आफूलाइ घिमिरेले पछिल्लो पटक १७ गते साँझ आफ्नो कोठामा आई काम गरिरहेको अवस्थामा जबरजस्ती गरेको प्रहरीमा मौखिक उजुरी गरेको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीले अभियुक्त घिमिरेलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान गरिरेको जनाएको छ ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया