कुकुरले गर्ने अनुसन्धानको कामलाई प्रभावकारी बनाउन प्रहरी महानिरीक्षक खनालको निर्देशन

 कात्तिक २०, २०७५ मंगलबार १८:२७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कुकुरले गर्ने अनुसन्धानको कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनु भएको छ ।

महानिरीक्षक खनालले कुकुरले गर्ने अनुसन्धानको कामलाई प्रभावकारी बनाउन कुकुर प्रशिक्षण तथा तालिम केन्द्रका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको हो । कुकुर तिहारको अवसर पारेर महाराजगंजस्थित कुकुर प्रशिक्षण तथा तालिम केन्द्रमा तालिम प्राप्त कुकुरलाई सम्मान गरेपछि उहाँले अनुसन्धानका लागि कुकुरलाई दक्ष बनाउन सक्दो पहल गर्ने योजना पनि अघि सार्नुभयो ।

कार्यक्रममा कुकुर स्मारकको पनि अनावरण गरिएको छ । सोही अवसरमा महानिरीक्षक खनालले कुकुर प्रशिक्षण तथा तालिम केन्द्रकी प्रमुख डा. देउती गुरुङलाई वरिष्ठ प्रहरी उपरीक्षकको दज्यानी चिन्ह पनि लगाई दिनु भएको थियो ।

नेपाल प्रहरीले हरेक वर्ष कुकुर तिहारको अवसर पारेर तालिम गरेका कुकुरहरुमध्ये उत्कृष्ट काम गरेका कुकुरलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ । नेपाल प्रहरीको कुकुरलाई अपराध अनुसन्धानको अतिरिक्त विशिष्ट व्यक्तिहरुको सुरक्षाका लागि पनि परिचालन गर्ने गरिन्छ ।

तिहारको दोस्रो दिन कुकुर तिहारको अवसर पारेर कुकुरलाई पूजा पनि गरिएको छ । 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया