युराे छनाेटमा पाेर्चुगल र स्पेन विजयी

 मंसिर १, २०८० शुक्रबार ८:५९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – युरोपियन च्याम्पियनशिप २०२४ को छनोटमा पाेर्चुगल र स्पेन विजयी भएका छन् ।

गए राति भएकाे खेलमा पाेर्चुगलले घरेलु टाेली लिचेस्टाइनलाई २–० गोलले हरायाे । पाेर्चुगलका लागि क्रिस्टियानाे राेनाल्डाेले खेलकाे ४६ र जाओ कान्सेओले ५७ मिनेटमा गाेल गरे । याे गाेलसँगै राेनाल्डाेकाे अन्तर्राष्ट्रिय गाेल सङ्ख्या १ सय २८ पुगेकाे छ ।

पाेर्चुगल यसअघि नै युराेपियन च्याम्पियनशिपमा छनाेट भइसकेकाे छ । पाेर्चुगल ९ खेलमा सबै खेल जित्दै २७ अङ्कसहित समूह 'एच' काे शीर्षस्थानमा छ । लिचेस्टाइन उति नै खेलमा अङ्कविहीन हुँदै पुछारमा छ ।

यस्तै गए राति नै भएकाे खेलमा स्पेनले साइप्रसलाई ३–१ गोलले हरायो । स्पेनका लागि लामिन यमनले खेलकाे ५, मिकेल ओयारजबलले २२ र जाेसेलुले २३ मिनेटमा गाेल गरे । साइप्रसका लागि काेसतास पिलेसले ७५ मिनेटमा सान्त्वना गाेल गरे ।

स्पेन पनि यसअघि नै युराेपियन च्याम्पियनशिपमा छनोट भइसकेको छ । स्पेन ७ खेलमा १८ अङ्कसहित समूह 'ए' शीर्ष स्थानमा छ । साइप्रस उति नै खेलमा अङ्कविहीन हुँदै पुछारमा छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया