भ्रष्टाचार मुद्दामा सिङ्गापुरका पूर्वमन्त्रीलाई १२ महिनाको जेल सजाय
असोज १७, २०८१ बिहिबार
बर्दिया - बर्दियाकाे गुलरिया नगरपालिका-४ तुलापुरमा भएकाे आगलागीमा दुई परिवारका चार जनाकाे ज्यान गएकाे छ । काेठा न्यानाे पार्न तसलामा बालेकाे आगाे सल्किँदा भएकाे आगलागीमा चार जनाकाे ज्यान गएकाे हाे ।
ज्यान गुमाउनेमा भरत चन्दका दुई छाेरा १८ महिनाका कार्तिक चन्द, सात वर्षीय कृष चन्द र भरतकी दिदी ३६ वर्षीया राधा बुढा र राधाकी छाेरी मानषी बुढा रहेका छन् ।
आगलागीबाट भरतकी श्रीमती करिश्मा चन्द गम्भीर घाइते हुनुभएकाे वडा नम्बर ४ का अध्यक्ष सुरेश गौतमले बताउनुभयो ।
घटनाकाे विषयमा थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।