जीप दुर्घटनामा एकजनाको ज्यान गयो, दुईजना घाइते

 कात्तिक २२, २०७५ बिहीबार ९:२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

खोटाङ – खोटाङमा जीप दुर्घटना भएको छ । केपीलासगढी गाउँपालिकाको बाक्सीला बजारबाट यात्रु लिएर दिक्तेलबजार आउँदै गरेको ना –१ ज ३६९८ नम्बरको जीप दिक्तेलबजारस्थित कारागार नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा परि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ घर भएका ४१ वर्षका व्यापारी दिपक रसाइलीको ज्यान गएको छ । दुर्घटनामा परि गम्भीर घाइते भएका रसाइलीलाई थप उपचारको लागि जिल्ला अस्पताल ल्याउँने क्रममा बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी कन्ट्रोलले बताएको छ ।

यस्तै दुर्घटनामा परि सिन्धुली जरायोटार बस्ने वर्ष २३ रमेश मगर र दिक्तेल रुपाकोट मभुवागढी नगरपालिका– १३ नुनथलाका १९ वर्षीय फुर्वा शेर्पा घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि काठमाडौं पठाइएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–९ निर्मली डाँडाका २४ वर्षीय तेन्जिङ शेर्पा भने सकुल रहेको प्ररहीले जनाएको छ । दुर्घटना के कारणले भएको हो भन्ने खुलेको छैन । दुर्घटना लगत्तै शेर गण मुडे व्यारेकका नेपाली सेना, प्रहरी र बजारबासीले घाइतेहरुको उद्धार गरेका थिए ।
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया