आज नेपाल सम्बत ११३९, गरिब नागरिकको ऋणमोचन गरिदिने शङ्खधर साख्वाकाे सम्झना

 कात्तिक २२, २०७५ बिहीबार ११:५६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – आज नेपाल सम्बत ११३९, विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

राष्टिय विभूति शङ्खधर साख्वाले ९३७ सालमा गरिब नागरिकको ऋणमोचन गरी नेपाल सम्बतको शुरुवात गराउनुभएको थियो । नेपाल सम्बतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्बतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डाक्टर त्रिरत्न मानन्धरले बताउनुभयोे ।

नेपाल सम्बतलाई काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका ठाउँमा नयाँ वर्षका रूपमा मनाउने गरिन्छ ।

यसैबीच नेवा मंक खलःका संस्थापक पद्यमरत्न तुलाधरको निधनका कारण काठमाडौंमा नेपाल सम्बतका अवसरमा आयोजना गरिने सबै औपचारिक कार्यक्रम स्थगित गरिएको छ ।

भक्तपुरको थिमीमा रहेको राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले भने नेपाल सम्बतको अवसरमा प्रत्येक वर्ष गर्दै भएको कायर्कमलाई निरन्तरता दिने भएको छ ।

आजै नेवार समुदायमा म्हः अर्थात आत्मा पूजा पनि गरिन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरुले आफ्नो आत्म अर्थात म्ह पूजा पर्व मनाउने गर्दछन् ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्मा पूजा गरी आत्मसन्तुष्ट बन्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने  र जीवन सार्थक हुने विश्वास गरिन्छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतले तिहार तथा नेपाल सम्बतको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया