भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
ललितपुर – सरकारले ललितपुरको सातदोबाटोस्थित सेल्सबेरी डिपार्टमेन्ट स्टोरको ड्राई फुड्स जफत गरेको छ ।
तिहारमा अति आवश्यक खाद्यबस्तुको बिक्री केन्द्रको अनुगमनको कामलाई तीव्रता दिएको सरकारी टोलीले अनुगमनको क्रममा म्याद नाघेको भेटिएपछि सेल्सबेरी डिपार्टमेन्ट स्टोरको ५२ केजी ड्राई फुड्स जफत गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग नेतृत्वको अनुगमन टोलीले मिठाईमा प्रयोग गर्ने फ्लेबर वाटर पनि गुणस्तरहीन भएको पाइएपछि जफत गरेको छ ।
म्याद नाघेको, उत्पादक कम्पनीको नाम समेत उल्लेख नगरिएको चाइनिज ब्रान्डका ड्राई फ्डस त्यस स्टोरमा भेटिएकाले जफत गरिएको विभागका खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीले जानकारी दिनुभयो । त्यस अवसरमा विभागले त्यस डिपार्टमेन्ट स्टोर परिसरमा सञ्चालित खाद्य बस्तु बिक्री केन्द्रमा प्रयोग गरिएको गुणस्तरहीन तेल पनि नष्ट गरेको छ ।
सरकारले उपभोक्ताको हितलाई ध्यानमा राखेर तिहारको बेलामा पनि बजार अनुगमनको कामलाई तीव्रता दिएको हो । खाद्य बस्तु बिक्री वितरण अत्याधिक हुने भएकाले आम उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर सार्वजनिक विदाको दिन पनि बजार अनुगमनको कामलाई तीव्रता दिने कामलाई निरन्तरता दिइएको पनि खाद्य अनुसन्धान अधिकृत सुवेदीले बताउनुभयो । उहाँले उपभोक्तामाथि खेलबाड गर्ने उत्पादकमाथि कडा कारबाही गर्ने चेतावनी पनि दिनुभयो ।
बुधबार गुणस्तरहीन पाइएको भन्दै सरकारी अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटको दूधजन्य बस्तु बिक्रीवितरणमा रोक लगाएको थियो । खाद्य स्वच्छता अभियान अन्तरगत सरकारले चालू आर्थिक वर्षमा अत्याधिक बढी प्रयोगमा आउने खाद्य बस्तुहरु दूध, तेल, पानी, तरकारी बजारको अनुगमनको कामलाई जोड दिने वार्षिक नीति तथा कार्यक्रम नै घोषणा गरिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।