भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडाैं – प्रहरीले रुपन्द्रेहीबाट जुवातास खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ ।
जुवा खेलिरहेको अवस्थामा पश्चिमाञ्चल यातायात ट्रक व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष यमप्रसाद पाण्डेसहित ६ जनालाई पक्राउ गरिएका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो ।
उनीहरुको साथबाट २ लाख २६ हजार रुपैयाँ नगद समेत बरामद गरिएको छ । त्यस्तै दाङको गढवामा एक लाख ७५ हजार नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन् । गढवा ६ बालापुरस्थित नारायण पोखरेलको घरमा जुवा खेलिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।
सिन्धुपाल्चोकको मेलम्ची–७, भारती थोकबाट ६० हजार नगदसहित ९ जुवाडे पक्राउ परेका इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक पर्शुराम मल्लले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।