अमेरिकामा नवनिर्वाचित राष्ट्रपति ट्रम्प र उहाँको मन्त्रीमण्डल सदस्...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – अहिले देशको पहाडी भू–भागका केही ठाउँमा बादल लाग्नुको साथै बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा केही ठाउँमा बादल लागेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । राति देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने मौसमविद्को पूर्वानुमान् छ । आज वर्षा तथा हिमपातको सम्भावना छैन । पश्चिमी वायुको आंशिक प्रभाव मात्रै रहेकाले वर्षा र हिमपातको सम्भावना नभएको हो ।
बिहानको समयमा काठमाण्डौ उपत्यका तथा विशेष गरी तराईका जिल्लामा सामान्य हुस्सु तथा कुहिरोका कारण भिजिविलिटी कम भए पनि दिउँसो हट्ने महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।मौसम खुलेको भए पनि चिसो भने बढेको छ ।
आज बिहान पौने ६ बजे काठमाण्डौमा न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ । देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।