चुनढुङ्गा उत्खननको भ्रष्टाचार मुद्दामा सफाइ पाएकाहरू विरुद्ध अख्तियार सर्वोच्चमा

 पुष ७, २०८० शनिबार ७:४२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - चुनढुङ्गा उत्खननको भ्रष्टाचार मुद्दामा सफाइ पाएका आरोपितहरू विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

अनुमति पत्रमा तोकिएभन्दा बढी चुनढुङ्गा निकालेका सिमेन्ट उद्योगहरूसँग राजस्व असुल नगरेर भ्रष्टाचार गरेको आरोप लागेका १८ जनालाई विशेष अदालतले सफाइ दिएको थियो ।

विशेष अदालतको निर्णय त्रुटीपूर्ण भएको भन्दै अख्तियारले हिजो सर्वोच्चमा पुनरावेदन दिएको हो । अनुमतिपत्रको दायराभन्दा बढी मात्रामा चुनढुङ्गाको उत्खनन र प्राकृतिक स्रोतसाधनको दोहनले राज्यलाई क्षति पुगेको र राज्यकोषमा आउनुपर्ने राजस्व गुमेको अख्तियारको ठहर छ । अख्तियारले विशेष अदालतको फैसला बदर गर्न र आरोपित सबैलाई कसुरदार ठहर्याउन माग गरेको छ ।

विशेष अदालतले गएको चैतमा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे, माइनिङ इञ्जिनियर जयराम घिमिरे, कानुन उपसचिव सपना अधिकारी, उपन्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, इञ्जिनियरहरू प्रशान्त बोहरा, धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत वसन्त अधिकारी, भूगर्भविद् डा. सौनक भण्डारीसहित १८ जनाविरुद्धको आरोप पुष्टि नहुने भन्दै सफाइ दिएको थियो । 
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया