विद्यार्थीलाई अनावश्यक पाेसाकको लागि बाध्य पार्न नपाइने काठमाण्डौको निर्णयले अरु पालिकालाई पनि दबाब

 पुष ७, २०८० शनिबार ७:५९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाले विद्यार्थीलाई विद्यालय पाेसाकबाहेकका अरु पाेसाक किन्न बाध्य पार्न नपाइने निर्णय गरेसँगै अरु पालिकालाई पनि दबाब बढेको छ ।

काठमाण्डौ महानगरपालिकाले सार्वजनिक सूचना निकालेसँगै काठमाण्डौकै बूढानीलकण्ठ नगरपालिकाले पनि नियमित विद्यालय पाेसाकबाहेकको पाेसाक किन्न नलगाउन पालिकाभित्रका विद्यालयलाई भनेको छ ।

नगरपालिकाले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पाेसाकभन्दा फरक पाेसाक किन्न बाध्य नपार्न नगरभित्रका विद्यालय सञ्चालकहरुलाई अनुरोध गरेको हो ।

तोकिएको भन्दा फरक पाेसाक किन्न लगाइएको गुनासो आएको भन्दै नगरपालिकाले कोही कसैले परिपत्रभन्दा बाहिर गएर पाेसाक किन्न बाध्य पारे कारबाही गर्ने चेतावनी दिएको छ ।

यसअघि काठमाण्डौ महानगरपालिकाले नगर मातहतमा सञ्चालित केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पाेसाकभन्दा फरक पाेसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएकोप्रति ध्यानाकर्षण भएको भन्दै अरु पाेसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न विद्यालयलाई अनुरोध गरेको थियो ।

धेरै निजी विद्यालयले विद्यार्थीलाई चाडपर्व अनुसार पाेसाक किन्न लगाउने गरेको भन्दै अभिभावकले गुनासो गर्दै आएका छन् । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया