‘मह’ जोडीलाई ‘जनआन्दोलन स्वर्ण पदक’

 कात्तिक २६, २०७५ सोमबार ११:५:३३ | उज्यालो सहकर्मी

नेपालको कला क्षेत्रलाई एउटा छुट्टै उचाइमा पुर्‍याउने कलाकार हुन् बरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । उनीहरुले नेपाललाई कलाका क्षेत्रबाट विश्वमाझ नजिक बनाउन महत्वपूर्ण योगदान दिएका छन् । उनै वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मानित भएका छन् । 

नेपाली कांग्रेसका स्वर्गीय नेता गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तीको अवसर पारेर ‘मह’ जोडीलाई उपराष्ट्रपति नन्दबहादुर पुनको हातबाट जनआन्दोलन स्वर्ण पदकबाट सम्मानित गरिएको हो । ‘मह’ जोडीले नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएको भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।

स्वर्र्गीय नेता गणेशमान सिंहले नेपालको राजनीतिक क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै हरेक वर्ष उनको जन्मजयन्ती र स्मृति दिवसमा विभिन्न कार्यक्रम गरिँदै आएको छ ।

उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया