भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडौं – उपत्यकामा जाँड रक्सी खाएर दिउँसै गाडी चलाउनेको संख्या बढ्न थालेको छ । ट्राफिक प्रहरीले बेलुकीको समयमा जाँड रक्सी विरुद्ध कारबाही गरिरहेकाले दिउँसै जाँड रक्सी खाएर गाडी चलाउने बढेका हुन् ।
ट्राफिक प्रहरीको आँखा छल्न दिउँसै जाँड रक्सी खाएर गाडी चलाउन थालेपछि अहिले दिउँसोको समयमा पनि कारबाही सुरु भएको छ । राति ८ बजेदेखि ११ बजेसम्म जाँड रक्सी विरुद्धको कारबाही हुने गरेको थियो । तर चाड पर्वमा दिउँसोको समयमा पनि जाँड रक्सी खाएर गाडी चलाउनेको संख्या बढेपछि कारबाही थालेको वरिष्ठ प्रहरी उपरीक्षक बसन्त पन्तले बताउनुभयो ।
अरु बेलामा भने दिउँसो र पिक आवरमा जाँड रक्सी विरुद्धको कारबाहीमा अभियान चलाउन नभ्याइने उहाँले बताउनुभयो । तर तिहारको समयमा भने ट्राफिक प्रहरीले शान्ति सुरक्षाका लागि दिउँसोको समयमा पनि जाँड रक्सी विरुद्ध कारबाही थालेको थियो ।
यसपालिको तिहारमा जाँड रक्सी खाएर गाडी चलाउने ६ सय ६६ जना कारबाहीमा परेका छन् । यो पछिल्लो ५ वर्ष यताकै सबैभन्दा बढी हो । पोहोर तिहारको समयमा ५ सय ७० जना कारबाहीमा परेका थिए । यस्तै, २०७३ सालमा ५ सय ९७, २०७२ सालमा ६ सय ३८ र ७१ सालमा ४९२ जना कारबाहीमा परेका थिए ।
ट्राफिक प्रहरीले २०६८ साल मंसिर १७ गतेदेखि जाँड रक्सी खाएर गाडी चलाउनेविरुद्ध कारबाही अभियान थालेको हो । जाँड रक्सी खाएर गाडी चलाउनेलाई ५ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्म जरिवाना तिराउने गरिएको छ ।
यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाले तिहारका बेला ट्राफिक नियम उल्लंघन गर्ने चार हजार ६ सय ६६ जनालाई कार्वाही गरेको छ । सडक लेन अनुशासन पालना नगर्ने, तोकिएको भन्दा अरु ठाउँमा यात्रु ओराल्ने चढाउनेलगायत नियम उल्लंघन गर्नेलाई महाशाखाले कारबाहीको दायरामा ल्याएको थियो ।
पोहोर तिहारको समयमा ट्राफिक नियम पालना नगर्न चार हजार ३ सय ४२ जना कार्वाहीमा परेका थिए । परार चार हजार ९ सय ९८, २०७२ सालमा एक हजार सात सय ३६ र २०७० सालमा चार हजार ५ सय २५ जना कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्कले देखाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।